0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गालाई सफा र स्वच्छ राख्न विभिन्न पाँच संस्थाहरु सक्रिय भएका छन् । चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समिति, चिप्लेढुङ्गा टोल विकास संस्था, चिप्लेढुङ्गा पश्चिम सडक उपभोक्ता समिति, महिला समाज सेवा समिति र आदर्शमार्ग २ टोल विकास समिति सरसफाईका साथै चिप्लेढुङ्गालाई सुन्दर बनाउन सक्रिय भएका हुन् । पाँचवटै संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरि पोखराको अग्रणी व्यवसायिक क्षेत्र, देशभित्रको परिचित मुख्य बजार भएकाले यस क्षेत्रलाई व्यवस्थित, सफा, सुन्दर, ध्वनी प्रदुर्षण मुक्त बनाउनुका साथै ट्राफिक व्यवस्थापन समेत मिलाउने प्रतिवद्धता जनाउँदै यस अभियानमा सहयोग गर्न सबैसंग आग्रह गरेका छन् । उनीहरुले यस क्षेत्रमा फोहोर फालेमा कानून बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन् । चिप्लेढुङ्गा–सिद्धार्थचोक सफा, सुन्दर बनाउन कार्यसमितिका पदाधिकारीहरुले अनुगमनको कार्यलाई निरन्तरता दिनुका साथै जनचेतनामूलक माइकिङ गरिरहेको सचिव मोती भुजेलले बताए । यसैबीच चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिले संचालन गरेको वृहत सरसफाइ अभियानमा यस क्षेत्रमा क्रियाशील अन्य चारवटै संघ–संस्थाले ऐक्यवद्धता जनाएका छन् । समितिले संचालन गरेको सरसफाइ एवं जनचेतना कार्यक्रम  असार २५ गतेदेखि नै शुरु गरेको थियो । यसैबीच चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिको पहलमा यस संग सम्बन्धित अन्य चारवटा संस्थाले शनिबार फिर्के–बुदौंदी सरसफाइ अभियानमा ऐक्यवद्धता जनाएको समितिका कोषाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।









Post a Comment

 
Top