0
गोल्डेन न्यूज संवाददाता
पोखरा ९ मा रहेको कृष्ण टोल बाल क्लबले शनिबार बाल अधिकार र कर्तव्यको बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले ६ जना विपन्न बालबालिकालाई स्टेशनरी सामाग्री हस्तान्तरण गरि उद्घाटन गरेका थिए । टोलमा बसाई–सराई नल्याई बसोबास गर्नेका बालबालिकाको जन्मदर्ता लगायतका गर्न नसकिएको वडा सचिव लोकदर्शन कोइरालाले बताए । उक्त अबसरमा वडा सचिव लोकदर्शन कोइराला, वडा नागरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, दरबारथोक एड्भरटाईजिङका संचालक कृष्ण रानाभाट, सामाजिक परिचालक भावना श्रेष्ठले बाल बालिकाले गर्ने सामाजिक तथा क्षमता अभिबृद्धि कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताए । बाल क्लबले शनिबार बिहान टोलको सरसफाइ पनि गरेको थियो । सरसफाइमा बालबालिका लगायत टोलबासीको उल्लेख सहभगिता रहेको थियोे । टोलमा १० देखि १८ बर्षका एक सय १५ बालबालिका रहेका छन् भने क्लबमा ३३ जना मात्रै सदस्य बनेका छन् । क्लबकी अध्यक्ष मुस्कान बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लिजा थापामगरले र संचालन सचिव सिम्रन केसीले गरेकी थिइन । यता, बालबालिकालाई जीवनोपयोगी ज्ञान दिने उद्देश्यका साथ बालमैत्री नेपालद्वारा सोमबार पोखरामा शुरु भएको पाँच दिने समर क्याम्प शुक्रबार सम्पन्न गरियो । बालबालिकालाई जीवन उपयोगी सीप दिने क्रममा पहिलो र दोश्रो दिनको कार्यक्रममा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीसँग सहकार्य गरि कालिका गणमा दैवी एवं प्राकृतिक प्रकोप र यसबाट सुरक्षित रहने उपाय साथै प्राथमिक उपचारका बारेमा सशस्त्र प्रहरीको दैवी प्रकोप म्यानेजमेण्ट टिमका प्रशिक्षकले प्रशिक्षण दिएका थिए । सो समयमा प्रकोपका समयमा कसरी उपलब्ध साधन श्रोतलाई प्रयोग गर्ने र के के सावधानी अपनाउने भन्ने बारेमा प्रयोगात्मक अभ्यास गराइएको थियो । त्यसैगरी बालबालिकालाई वाटर गेम साथै बिभिन्न खेल एवं क्रियाकलापका माध्यमले समूह निर्माण, नेतृत्व र व्यक्तित्व विकास, समय व्यवस्थापन लगायतका अभ्यास गराइएको थियो । समर क्याम्पमा रमण नेपाली भट्टराई, डा. पदम बहादुर खड्का, कृष्ण प्रसाद भट्टराई एवं रबिराज बसौलाले बालबालिकालाई सहजीकरण गरेका थिए । बालमैत्री नेपालका तर्फबाट कार्यक्रमको संयोजन बालमैत्री नेपालका निर्देशक महेन्द्र कोइरालाले गरेका थिए ।











Post a Comment

 
Top