0
गोल्डेन न्यूज संवाददाता
पृथ्वी नारायण क्याम्पस पोखराका सह–प्राध्यापक कृष्ण प्रसाद पौडेल नेपाली विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्। विभागको यही साउन १३ गते बसेको बैठकले उनलाई विभागीय प्रमुखमा नियुक्त गरेको हो। २०३८ सालदेखि सहायक प्राध्यापकको रूपमा सेवा प्रवेश गरेका पौडेल २०६३ देखि सह–प्राध्यापकमा बढुवा भएका थिए। साहित्यकार, समाजसेवी तथा शिक्षासेवीका रुपमा पहिचान बनाएका सह प्राध्यापक पौडेलले स्नातक र स्नातकोत्तर तहमा नेपाली विषय प्राध्यापन गराउँदै आएका छन्।

Post a Comment

 
Top