0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १० भित्र रहेका नागरिकहरुको सुगर, प्रेसर र बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । ‘निरोगी बनौं स्वास्थ्य परीक्षण गरौं’ भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी उपशाखा १०,११ को व्यवस्थापन, लैंगिक तथा समावेशीकरण समिति उपशाखा १०, ११ ले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका लागि नेशनल बाथरोग सेन्टर पोखराको प्राविधिक सहयोग, टोलविकास संस्था वडा समन्वय समिति र टोल विकास संस्था महिला वडा समन्वय समितिले विशेष सहयोग गरेको थियो । उक्त अवसरमा २० देखि ८७ वर्षसम्मका १ सय ६० जनाको रगत परीक्षण गरिएको बताइन्छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री उर्मिला खड्काले हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्दै मानिसमा देखापर्ने सुगर, प्रेसर र युरिक एसिडको समस्या बढ्दै गइरहेको अवस्थामा यस किसिमको मानवीय सेवामा जागरुण ल्याएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रममा सुगर, प्रेसर र बाथरोगसम्बन्धी जानकारी गराउँदै नेशनल बाथरोग सेन्टरका डा.नरेन्द्र प्रसाद मैनालीले यी रोगहरु खानपानको कारणबाट लाग्ने रोग भएको हुँदा सबैले खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिंदै बाथ रोग भनेको हड्डी खिएर र नसाबाट हुने रोग भएको स्पष्ट पारे । कार्यक्रममा नेशनल बाथरोग सेन्टरका संचालक कृष्णराज ढकाल, टोल विकास संस्था महिला वडा समन्वय समिति १० का अध्यक्ष निर्मला कार्की भण्डारी, युवा सर्कल १०, ११ का संयोजक किरण प्रसाद भट्टचन, उपशाखा १०, ११ का उपसभापति गंगा कुँवर, सचिव सूर्य बहादुर बानियाँ, कलावती शर्मा लगायतले बोलेका थिए । स्वास्थ्य शिविरमा नेशनल बाथरोग सेन्टरका प्रमोद चौधरी, अप्सरा जिसी, करुणा रानाभाट, अर्जुन आचार्य, रविना रानामगरले प्राविधिक सेवा उपलब्ध गराएका थिए । कार्यक्रममा लैंगिक तथा समावेशीकरण समितिका सदस्य धनमाया गुरुङ्ग, निर्मला श्रेष्ठ, हरिमाया भुजेल, लक्ष्मी राजभण्डारी, यमकुमारी ढकाल, पुतलीदेवी गुरुङ्ग लगायतले स्वयंसेवकको रुपमा सहयोग गरेका थिए । लैंगिक समावेशीकरण समितिका अध्यक्ष नानीमाया गौतमको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपशाखा १०,११ का कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सीता तिमिल्सिनाले स्वागत, संचालन सचिव लेकमाया पुनले गरेकी थिइन ।




Post a Comment

 
Top