0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ–११ वेगनासताल वसपार्कको पुल नजिकै आइतबार बिहान ७ः३० बजे ग१ख४३८४ नं. को लेखनाथ माइक्रोबसको ठक्करबाट लेखनाथ–११ वेगनासताल निवासी शिव अधिकारी गम्भिर घाइते भएका छन् । माइक्रोवस अनियन्त्रित अवस्थामा चलाइएको कारण दुर्घटना भएको स्थानीयको भनाइ रहेको छ । दुर्घटनापछि घाइते अधिकारीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाएको छ । घुर्घटना पछि स्थानीयले वेगनासतालबाट चल्ने सम्पूर्ण लेखनाथ माइक्रोवस केही वेर रोकेका थिए । वस समितिले घाइते अधिकारीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने समझ्दारी पछि उक्त रुटका वसहरु चल्न थालेका थिए भने घाइते अधिकारी खतरामुक्त अवस्थामा रहेको बताइन्छ ।

Post a Comment

 
Top