0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा लेकसिटीकामा निरबहादुर थापा अध्यक्ष रहेको नयाँ समितिले कार्यभार सम्हालेको छ । क्लवका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले क्लवको माइन्यूट नवनिर्वाचित अध्यक्ष थापालाई हस्तान्तरण गरि कार्यभार सुम्पिएका थिए । क्लवको चाटर्ड नाइट र क्लवको सहयोगमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन समेत उक्त अवसरमा गरिएको थियो । उक्त संस्थाले कास्कीको भाचोक गाविस मकै खोलामा गत वर्षको महाभूकम्पका कारण भत्किएको जनकल्याण उच्च माविमा चारकोठै पक्की भवन निर्माण गरि उद्घाटन गर्नुका साथै हस्तान्तरण गरेको छ । जापानबाट प्राप्त सहयोग समेत २७ लाख रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिएको हो । दुई छुट्टा–छुट्टै समारोहमा लायन्सका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दीपक राज श्रेष्ठ, फष्ट भाइस डिष्ट्रक्ट गभर्नर धनराज आचार्य, सेकण्ड भाइस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, डिष्ट्रिक्ट एडभाइजर गोकर्ण कार्की, अग्रज लायन्स, जिएलटी को–अडिनेटर छविलाल शर्मा, जोन चियर पर्सन दिनश बाँस्तोला, गाइडिङ लायन शिवप्रसाद द्वा, जापानको कुशिक नगरपालिकाको प्रतिनिधि हिसासी ताजाया, क्ल्वका उपाध्यक्ष उपेन्द्र अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top