0
गोल्डेन न्यूज संवाददाता
नेपाल केन्पो काई एशोसियशन नेपालको आयोजनामा पोखरामा दोश्रो राष्ट्रिय केन्पो काई च्याम्पियनसिप २०७३ हुने भएको छ । आउँदो साउन ७ र ८ गते पोखरा रगंशालामा प्रतियोगिता संचालन गर्ने तयारी भैरहेको नेपाल केन्पो काई एशोसिएसनका अध्यक्ष दिलिप विक्रम शाहीले जानकारी दिए । पोखरा रगंशालामा आयोजना हुने प्रतियोगितामा पुरुष १०, १२, १४, १६ र २० वर्षमुनि उमेर समुहमा र महिला तर्फ १२, १४ वर्ष मुनिको उमेर समूह र खुल्ला पुरुष तथा महिला खुल्ला उमेर समूहमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक भुपालसिंह गुरुङले जानकारी दिए । दुई दिने प्रतियोगितामा पाँच विकास क्षेत्रका करिब ४ सय खेलाडीले प्रतिस्पर्धा  गर्ने संयोजक गुरुङले बताए । प्रतियोगितामा प्रत्येक उमेर समूहमा प्रथम, द्वितीय, तृतीय र चौथौलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।  प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ४८ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । नयाँ खेलाडी उत्पादन गर्दै केन्पो काइ खेलको प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । पोखरामा आन्तरीक पर्यटन प्रवद्धनसंगै खेलकुद शहरका रुपमा स्थापित गराउने अभियानमा सहयोग पुर्याउन प्रतियोगिता पोखरामा गर्न लागेको अध्यक्ष दिलिपविक्रम शाहीले बताए ।


Post a Comment

 
Top