0
गोल्डेन न्यूज संवाददाता
नेपाल नर्सिङ संघ कास्कीले कार्यालय भवन निर्माणका लागि सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सहयोग संकलनको लागि पोखरा सभागृहमा साउन ८ गते सास्कृतिक कार्यक्रम गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । पोखराका १० वटा नर्सिङ क्याम्पसका विद्यार्थीहरुको सास्कृतिक प्रस्तुति सहित ख्यातिप्राप्त कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको संघकी सचिव मुना सिलवालले जानकारी दिईन् । कार्यक्रममा लोकदोरोरी कलाकार प्रजापति पराजुली, पुरुषेत्तम न्यौपाने, बद्री पंगेनी, जीवन दाहाल, प्रीति आले, सरला पाण्डे, काजल गुरुङ तथा आधुनिक तर्फ हेमन्त शर्मा र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति रहने उनले बताइन् । कार्यक्रम विहान ११ देखि दिउसो २ तथा दिउसो ३ देखि साझ ६ बजे सम्म दुई सो मा सञ्चालन गरिने संघले जनाएको छ । कार्यक्रममा झण्डै तीन हजार दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ । कार्यक्रम अबलोकन का लागि एक हजार, तीन सय, दुई सय र एक सय रुपैयाँ टिकटदर कायम गरिएको छ । सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न संघकी सचिव मुना सिलवालको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक ब्यवस्थापन उपसमिति संयोजकमा पुष्पा महर्जन, खाजा खाना ब्यवस्थापन उपसमितिमा नीलम महर्जन, मञ्च ब्यवस्थापन उपसमितिमा रजनी पालिखे, अतिथि सत्कारमा बन्दी गुरुङ, प्रचार–प्रसारमा मिनु श्रेष्ठ र स्वास्थ्य उप–समितिमा लक्ष्मी पराजुलीलाई संयोजक तोकिएको छ । कार्यक्रमबाट झण्डै ९ लाख रुपैयाँ आम्दानी हुने र साढे तीन लाख खर्च कटाएर साढे पाँच लाख रुपैयाँ बचतको लक्ष्य राखिएको छ । संघको पोखरा ११ फूलवारीमा रहेको ४ आना क्षेत्रफल जग्गामा भवन निर्माणका लागि सास्कृतिक कार्यक्रम आयोजना गरिएको संघकी अध्यक्ष क्षेत्र रोकाले जानकारी दिइन् ।  आफ्नै जग्गा हुदा पनि भवन नहुँदा कार्यालय ब्यवस्थापनमा समस्या पर्ने गरेको उनले बताइन् । ‘कार्यालय भवन नहुदा झोलामा नर्सिङ संघको अफिस बोकेर हिड्नुपर्ने बाध्यता छन्’ उनले भनिन् । २०६१ सालमा खरिद गरिएको जग्गामा भवन निर्माणको लागि आर्थिक संकलन अभियान सुरु गर्न लागिएको हो । सास्कृतिक कार्यक्रम मार्फत केहि रकम मात्रै जम्मा हुने भएकाले थप रकम संकलनको लागि सहयोग संकलन समितिनै गठन गरी अभियान थालिने संघले जनाएको छ ।












Post a Comment

 
Top