रामघाटमा अवस्थित बौद्ध अर्घौं सदन परिसरमा बन्न गैरहेको सुविधायुक्त, आधुनिक तथा बहुउद्देशीय नयाँ गुम्बा निर्माणको लागि सहयोगदाताहरुबाट सहयोग गर्ने क्रम जारी नै रहेको छ । पर्वत जिल्ला ठानामौला गाविस १, नेपाने पुरानो घर भै हाल पोखरा ८, मालेपाटन स्मृति मार्ग निवासी चारभाङ्ज्याङ तमु समाज पोखरामा आवद्ध क्या. घनबिर गुरुङ र उनका धर्मपत्नि श्रीमती धनसुवा गुरुङ तथा सम्पूर्ण परिवारको तर्फबाट प्रस्तावित नयाँ गुम्बा निर्माणको लागि १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। बुधबार बिहान सहायोगदाता गुरुङका परिवारले पोखरा ८, नयाँ बजार स्थित चारभाङ्ज्याङ तमु समाजको शभाहलमा सदनका उपाध्यक्ष तथा गुम्बा निर्माण अर्थ संकलन उपसमितिका संयोजक क्या. चन्द्र प्रसाद गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सोही अवसरमा सदनका उपाध्यक्ष तथा संयोजक गुरुङले गुम्बा निर्माणको लागि संकलित आर्थिक प्रगति विवरणका साथै निर्माण सम्वन्धी भैरहेका गतिविधिका बारे जानकारी गराउँदै सहयोगदाताका परिवारजनमा सुख, शान्ति, समृद्धि तथा दिर्घायूको कामना गर्दै सहयोग प्रति हार्दिक आभार प्रकट गर्नुका साथै धन्यवाद प्रकट गरेका थिए । यसैगरि श्रावण ४ गते मंगलबार गुरुपूर्णिमाको पुण्य तिथिको अवसर पारेर टोड्के, स्याङजा पुरानो घर भै हाल पोखरा–८, एयरपोर्ट निवासी तमु सहयोग समिति, पार्दी समाजमा आवद्ध चित्र बहादुर गुरुङको परिवारबाट पनि गुम्बा निर्माणका लागि १० हजार १ सय ५ रुपैया सहयोग गरेका छन् फेदीखोला रामकोट पुरानो घर भै हाल पोखरा–८, रत्नचोक निवासी तमु सहयोग समिति, पार्दी समाजमा नै आवद्ध श्रीमती मैता कुमारी गुरुङले छोरी चन्द्र कुमारी गुरुङको पुण्य स्मृतिमा ४ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनीहरुले रकम मंगलबार बिहान गुरुपूर्णिमाको दिन गुम्बा दर्शन गर्न आउने क्रममा सदनका प्रशासनिक प्रमुख सुवेदार यम बहादुर गुरुङलाई उक्त सहयोग प्रदान गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment