0
गोल्डेन न्यूज संवाददाता
दस दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा विभिन्नखालको जटिलता देखिन थालेपछि उनको उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन् । केसीको रक्तचाप निरन्तर कम भइरहेकाले औषधि दिनुपर्ने अवस्था आउनसक्ने र यसका लागि कुनै पनि बेला आइसियुमा सार्नु पर्ने अवस्था आउनसक्ने उनको उपचारमा संलग्न प्रा.डा.दिव्या सिंह शाहले बताइन् । केसीले अलिकति पनि हलचल गर्दा मुटुको धडन बढने गरेको छ भने चिकित्सकहरुले प्रयास गर्दासमेत उनको रक्तचापमा खासै वृद्घि भएको छैन । ’यसरी नै रक्तचाप कम हुँदै गयो भने मृगौलामा समस्या देखिन सक्छ,’ डा. शाहले भनिन् ।सोमबार राति केसीको शरिरमा अक्सिजनको मात्रा एक्कासी कम भएको थियो । अक्सिजनको मात्रा सन्तुलित राख्न निरन्तर अक्सिजन दिइराखिएको छ । उनको पिसाबमा एसिटोन देखिनुको साथै रगतमा चिनीको मात्रा पनि निकै कम छ । रगतमा म्याग्नेसियम, क्याल्सियम, पोटासियम लगायत इलेक्ट्रोलाइट पनि न्युन छ । अनसनको १० औं दिन मंगलबार उनलाई निरन्तर रिंगटा लाग्ने समस्या समेत देखिएको छ । यस्तै बारम्बार छातिको दुखाइसँगै मांसपेशी बाउडिने समस्या समेत बढेको छ । उनलाई विभिन्न रोगको संक्रमण हुनसक्ने जोखिम बढिरहेकाले जुनसुकै बेला आकस्मिक चिकित्सकीय प्रवन्धनको आवश्यकता पर्नसक्ने उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् । यता, चिकित्सा शास्त्रका विद्यार्थी, रेजिडेन्ट चिकित्सक, सर्वसाधारण लगायतको सहभागितामा त्रिवि शिक्षण अस्पतालदेखि वालुवाटारसम्म पुगेको र्रुयालीमा सहभागीलाई मंगलबार प्रहरीले पक्राउ गरी ६ घन्टा पछि रिहा गरियो । बालुवाटारमा निशेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले १२ जनालाई हिरासतमा लिएर ६ घन्टा पछि छोडेको हो । पक्राउ पर्नेमा ४ जना चिकित्सक र ८ जना एमविविएसका विद्यार्थी छन् । सागर पोखरेल, बद्रि अर्याल, विसाद दहाल, गोविन्द भंडारी, प्रसन्ना कार्की, मिर्जा सिद्दिकी, आयुष अधिकारी, शुशिल साह, विराट गौतम, उपेन्द्र अधिकारी, यज्ञ राज अधिकारी, विक्रम ओली पक्राउ परेका थिए । प्रम ओलीलाइ पत्र चिकित्सा शास्त्र अध्ययन संस्थानले डा.गोविन्द केसीको आमरण अनसनले उत्पन्न स्थितिलाई सहज निकास दिन त्रिविका कुलपति प्रम केपी ओलीलाई मंगलवार पत्र पठाएको छ । हाल रेजिडेन्ट चिकित्सकहरुले बहिरंग विभागमा नसघाएकोले स्वास्थ्य सेवा सुचारु राख्न थप जटिलता आउन सक्ने जानकारी दिँदै पत्रमा वर्तमान समस्यालाई छिटो समाधान गर्न आग्रह गरिएको छ । भट्टराइ, पशुपति र लोहनी भेटे केसीलाई ः नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले मंगलबार दोश्रोपटक डा.केसीको अनसन स्थलमा पुगेर उनको स्वास्थ्य स्थितिको जानकारी लिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले पनि अनसनस्थल पुगेर डा.केसीको आन्दोलनप्रति ऐक्यवद्घता प्रकट गरे । केसीको पक्षमा बृहत सञ्जाल गठन डा.गोविन्द केसीको अभियानको पक्षमा मंगलबार बृहत सञ्जाल गठन गरिएको छ । राजनीतिक दल, विद्यार्थी संगठन, अभियन्ता र नागरिक सञ्जालको भेलाले ’सोलाडेरेटि फर गोविन्द केसी एलायन्स गठन गरेको हो । डा.जीवन क्षेत्रीको संयोजनमा भएको उक्त भेलाले गठन गरेको सञ्जालमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, विवेकशिल नेपाली पार्टीका अध्यक्ष उज्जवल थापालगायत मेडिकल विद्यार्थी, चिकित्सक, युवा र विद्यार्थी संगठनका प्रतिनिधिहरु सदश्य छन् । यसैबीच कांग्रेस महामन्त्री शशांक कोइरालालाइ पूर्ण स्वस्थ भएपछि वुधवार विहान ओम अस्पतालवाट डिस्चार्ज गरिने भएको छ । उनी दुइ सातदेखि उपचाररत थिए । कोइराला सर्केर भएको निमोनिया समेत निको भएको उल्लेख गर्दै उपचारमा संलग्न डा. लव जोशीले भने,–‘उहाँलाई दिइने एन्टिवोटिक इन्जेक्सनको कोर्स मरुंगलबार राति समाप्त हुन्छ, बुधबार विहान हामीले कोइराला लाई डिस्चार्ज गर्छौं ।’ कोइरालाको  रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । तर, उनी घर गए पनि करिव दुई सातासम्म भने आराम नै गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।
कोइरालालाई के भएको थियो ? कोइरालाको सर्केर हुने निमोनियाको उपचार भएको हो । कोइराला दुई साता अघि राती पेटमा गडवडी देखिको र खोकी लागेको भनेर ओम अस्पताल गएका थिए । डा. जोशीको अनुसार उनलाई प्रोटोकलको अनुसार परिक्षण गरिएको थियो । यस अनुसार रगतको प्रतिवेदन, रक्तचाप आदि स्थिर देखिएको थियो । हरेक घन्टा उनलाइ हेर्न भनिएको उल्लेख गर्दे डा.जोशीले ४ वजे विहानसम्म उनको अवस्था सामान्य रहेको वताए । ‘विहान पाँच वजे उनको रक्तचाप कम देखियो, अक्सिजनको स्तर कम देखियो, सासमा अलि गार्हो देखियो’, डा. जोशीले भने,–‘हामीले तुरन्त स्वास प्रस्वास वचाउन टयुव राख्यौं, मुटूको चाल एकदम कमजोर थियो, आधा घन्टासम्म सिपिआर दिएपछि वल्ल मुटूको चाल आउन थालेको थियो’कोइरालाको विहान होस थिएन । त्यसपछि भेन्टिलेटर जोडेर उनलाइ उपचार प्रकृयामा राखिएको थियो । डा. जोशीका अनुसार कोइरालाको उपचार प्रकृयामा मुलुकका धेरै जसो ख्याति प्राप्त डाक्टरहरुले सघाएका हुन् । त्यसताका डाक्टरहरुले टयुव राख्ने क्रममा कोइरालाको मुख खोल्दा वान्ता हुँदा हुने खानाको कणहरु देखिएको थियो ।  ‘मुखमा अडकिएका कणहरु देखेपछि हामी वान्ता तान्दा फोक्सो तिर गएर ‘एस्पिरेसन’ निमोनिया भएको थाहा पायौं’, डा. जोशीले भने–‘अकस्मात स्वास प्रस्वासमा गार्हो हुनुलाई मुटुमा केहि छ भनेर इसिजि, कार्डिक इन्जाइम गराउँदा पनि  यसमा कुनै परिवर्तन देखिएको थिएन ।’ यो समस्या मुटुको कारणले नभएको किटान भएपछि ’एस्पिरेसन’ निमोनियाको प्रोटोकल अनुसार नै उपचार गरिएको डा.जोशी वताउँछन् । कोइरालाको उपचारमा सघाउन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका विशेषज्ञ चिकित्सकहरु समेत काठमाडौं आइपुगेका थिए ।




Post a Comment

 
Top