0
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चमा आबद्ध हुन चाहने खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चमा हाल ४१ जना आबद्ध छन् । यस्तै, सम्पूर्ण सदस्यलाई नविकरणका लागि पनि अनुरोध गरेको छ । ‘मञ्चमा आबद्ध सदस्यहरु विदेशमा तथा क्रियाशील नभएका कारण आवश्यकता अनुसार सदस्य थप गर्नुपर्ने भएकाले नयाँ सदस्यताका लागि आवेदन खुलाएका हौं’ अध्यक्ष पाठकले भने– ‘पत्रकारितामा सक्रिय नभएका र बाहिरन चाहने पनि देखिएकाले यसैवर्षदेखि वर्षेनी नविकरण गर्नुपर्ने निर्णय पनि मञ्चले गरेको छ । मञ्चको बैठकले ईच्छुक पत्रकारका लागि यही साउन मसान्त सम्म मिति तोकेर आवेदन खुल्ला गर्ने निर्णय गरेको सचिव रञ्जन अधिकारीले जनाए । सदस्यहरुले पनि साउन मसान्तसम्मै नविकरण गर्नुपर्नेछ । सदस्यता शुल्क तथा नविकरण शुल्क दुवैको एक सय रुपैंया तोकिएको छ । यस पश्चात् मञ्चको परिचयपत्र वितरण गरिने सचिव अधिकारीले जनाए । बैठकले तोकिएको समयभित्र नविकरण गर्न नचाहने मञ्चबाट स्वतः बाहिरिने निर्णय पनि गरेको छ । मञ्चका अनुसार नयाँ सदस्य बन्न चाहने सक्रिय पत्रकार हुनुपर्नेछ । गत वर्षभरका कम्तिमा एक खेल सम्बन्धी प्रकाशित प्रसारित समाचार सामाग्री, आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र प्रतिलिपि र दुई प्रति फोटो सहित मञ्चको पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्पर्कका लागि अनुरोध गरिएको छ । यसैबीच, मञ्च कास्कीको बैठकले यही साउन ६ गते काठमाण्डौंमा केन्द्रको आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डमा सहभागिताका लागि उपाध्यक्ष दिननाथ बराल र कार्यसमिति सदस्य शुशिल नेपालीलाई पठाउने निर्णय गरेको मञ्चले जनाएको छ ।

















Post a Comment

 
Top