0
गोल्डेन न्यूज संवाददाता
पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ को असार मसान्तसम्ममा उत्साहजनक नाफा कमाउन सफल भएको छ । सो अबधीमा सहकारीले ४ करोड १० लाख रुपैयाँ नाफा कमाउन सफल भएको प्रवन्धक मीलन ढकालले जानकारी दिए । हामी हाम्रो लक्ष्य भन्दा माथि पुग्न सफल भएका छौं,’ उनले भने । नेपालकै उत्कृष्ट सहकारी मध्यमा पर्न सफल रोयलले हरेक वर्ष नाफा बढाउँदै गइरहेको छ । सहकारीले गत आर्थिक वर्ष २०७१र७२ मा ३ करोड ८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको थियो । सहकारीले आव २०७२÷०७३ मा १४ करोड २९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । १० करोड १९ लाख रुपैयाँ खर्च भएको ढकालले जानकारी दिए । सहकारीको चुक्ता पुँजी १० करोड ७३ लाख, जगेडा कोष ४ करोड २७ लाख, कर्जा सुरक्षण कोष २ करोड ३९ लाख, अन्य कोषहरु १६ लाख रुपैयाँ छ । स्थिर सम्पत्ति २ करोड ४५ लाख, बैंक तथा नगद मौज्दात २० करोड ६९ लाख, कर्जा लगानी ८९ करोड ९ लाख, निक्षेप ८८ करोड १९ लाख रुपैयाँ रहेको ढकालले जानकारी दिए ।  सहकारीले कारोवार १ अर्ब १३ करोड गर्न सफल भएको छ । आर्थिक वर्षमा ७७ लाख आयकर सहित १ करोड ३० लाख राजश्व दाखिला गरिसकेको ढकालले जानकारी दिए । गत आवमा उत्कृष्ट कर दाताबाट आन्तरिक राजश्व कार्यालय पोखराले संस्थालाई सम्मान गरिसकेको छ । उत्कृष्ट संस्था पुरस्कार, उत्कृष्ट अध्यक्ष पुरस्कार, उत्कृष्ट प्रवन्ध निर्देशक पुरस्कार, उत्कृष्ट प्रवन्धक पुरस्कार समेत गरि दर्जनौं पुरस्कार प्राप्त गर्न पोखरा रोयल सहकारी सफल छ । संस्थाले आफ्ना सदस्यलाई जन्मदेखि मृत्युसम्म राहत पुग्ने हिसावले राहतकोषको स्थापना गरी सो कोषबाट ७५ वर्ष उमेर पुगेका सदस्यहरुलाई पेन्सन समेत उपलव्ध गराउँदै आएको छ । मृत्यु राहत, शिशु स्याहर राहत, औषधोपचार राहत र दैविप्रकोप राहत पनि सहकारीले वितरण गर्दै आएको छ । राष्ट्रिय सहकारी पुरस्कार, क्षेत्रीय पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार सहकारीले वार्षिक रुपमा वितरण गर्दै आइरहेको छ । २०५५ चैत्र १८ गते रोयल को–अपरेटिभ लिमिटेडको क्षेत्रीय कार्यालयको रुपमा सञ्चालित संस्था २०५९ जेठ ८ गते पोखरा रोयल सहकारी संस्था लिमिटेडको नाममा स्थापना भएको हो । स्थापनाको समयमा २८ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हाल १ हजार ५ सय ५० जना महिला र १ हजार ३ सय २३ जना पुरुष गरी २ हजार ८ सय ७३ जना शेयर सदस्य छन् । हाल संस्थाको कास्की, स्याङ्जा, तनहुँ र लम्जुङ गरी ४ जिल्ला कार्यक्षेत्र छ । प्रधान कार्यालय बुद्धचोक पोखरा, सदस्य सेवा केन्द्र महेन्द्रपुल र लेखनाथ भण्डारढिकमा छ । हाल संस्थाले आफ्नै भवनबाट अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले मोबाइल बैंकिङ, एविविएस सेवा लगायत ३ सय ६५ दिने सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिए । निकट भविष्यमा एटीएम मेसिन समेत राख्ने योजना रहेको उनले बताए । संस्थाले बचत तथा ऋणको कारोवार सहित सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । ४ सय भन्दा बढी निरक्षर महिलालाई प्रौढ शिक्षा सञ्चालन गरी साक्षर बनाइसकेको छ । निकट भविष्यमा कृषि पर्यटन परियोजनामार्फत सहकारीलाई अगाडि बढाउने योजना रहेको गुरुङले जानकारी दिए । ‘रोयल सहकारीहरुको अध्ययनको केन्द्रको रुपमा पनि विकसित भएको छ,’ उनले भने । संस्थाले ३१ जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ । आगामी वर्ष ५ करोड रुपैयाँ भन्दा बढी नाफा गर्ने लक्ष्य सहकारीले लिएको अध्यक्ष तुलसीप्रसाद गुरुङले जानकारी दिए । संस्थाले आगामी २ महिना भित्र नै १५ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।






Post a Comment

 
Top