0
गोल्डेन न्यूज संवाददाता
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बेला–बेलामा सन्किने बानीले राजनीति अप्ठयारो मोडमा पुग्ने गरेको आरोप समेत लगाएका छन् । दाहाल आफनो खुट्टामा हिड्न नसक्ने र आफै निर्णय पनि गर्न नसक्ने नेता भएको उनको आरोप छ । ‘कहिले सरकारमा बस्छु भन्ने त कहिले बस्दिन भन्ने दोधारे छन्,’ पोखरामा पाटीले गरेको पत्रकार भेटघाटमा बिजुक्छेले भने, –‘सरकार छाडेपछि  म प्रधानमन्त्री बन्छु, कांग्रेसले समर्थन गर्छ भन्ने दाहालको सोचाई गलत छ ।’‘कांग्रेस ठूलो पार्टी आफैँ प्रधानमन्त्री खोज्छ, दाहाललाई दिंदैन,’–उनले भने । सरकार चलाउन नसकेर राजीनामा दिएका दाहाल अब सफल नहुने उनले दावी गरे । माओवादी  अहिले केपी ओली सरकारमा बस्नुको विकल्छ नभएको उनको जिकिर छ । उनले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधानभन्दा बाहिर अनावश्यक कुरा गर्नु बेठीक भएको तर्क गरे । ‘हामी सरकारमा जाँदैनौ तर, यो सरकार ढाल्नु हुँदैन,’ उनले भने, ‘सरकारमा बस्ने अनि विरोध पनि गर्ने दोहोरो चरित्र राजनीतिक नैतिकता होइन ।’ सरकारलाई काम गर्न दिनुपर्ने उनले दावी गरे । सरकारमा बसेर त्यही सरकारको विरोध गर्नु राजनीतिक नैतिकताभन्दा बाहिरको हुने उनले बताए ।सरकारको काममा चित्त बुझ्दैन भने सरकारबाट बाहिरिएर विरोध गर्नु उपयुक्त हुने सुझाव दिए ।  उनले स्थानीय विकायको चुनाव नहुँदा देस अप्ठयारोमा परेको हुँदा जतिसक्दो छिटो चुनाव गर्नुपर्नेमा जोड दिए । ‘देश संघीयतामा गइसकेको छ । तर, अहिले नै संघीय मोडल अनुसारको चुनाव गर्नु हुँदैन,’–उनले भने । अहिले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गराउनुपर्ने उनले बताए । संविधानलाई कार्यन्यवन गर्न चुनाव गर्नु आवश्यक रहेको दावी गरे । बिजुक्छेले दुई छिमेकी देशसँग बराबर सम्बन्ध र मित्रता गर्नुपर्ने बताए । तर, पछिल्लो समय भारतले नाकाबन्दी गरेर जनता दुस्ख दिएको बताए । ‘नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्ने भारतको नीति गतल छ,’ उनले भने,–‘भारतले नेपाली भूमिका मान्छे पठाएर तराईमा आन्दोलन गर्ने, नाकाबन्दी गर्ने काम गरेर हस्तक्षेप गर्न खोजेको थियो तर, अन्तर्राष्ट्रिय स्तरमै भारत बदनाम भएकाले पछि हटेको हो ।’ तर, अर्को छिमेकी चीनले भारतले जस्तो दुस्ख नदिएको उनले दावी गरे । चीनले आफ्नो समस्या आफैं हल गर भनेको उनले बताए । बेरोजगारी, अशिक्षा र दाइजो प्रथाले नै मधेस आन्दोलन सुुरु भएको बताउँदै उनले मधेसी नेता खाली आफ्नो सुखसयलमा मात्रै रमाउने तर त्यसतर्पm भने ध्यानै नदिने प्रवृत्ति बढेको स्पष्ट पारे ।

Post a Comment

 
Top