0
बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको आयोजनामा स्थानीय निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएकोे छ । कार्यक्रममा सहभागीहरुले महिलाहरु राजनीतिक लगायत हरेक क्षेत्रमा नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा रेडियो जननीकी स्टेशन मेनेजर विमला भण्डारीले राजनीतिक वृत्तमा महिलाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिइन उनले रेडियो जननीले बाल तथा महिला सशक्तिकरण समाज नेपालसगँ समन्वय गरेर हप्ताको एक दिन स्थानीय निर्वाचन सम्म दबाब दिनको लागि बहस कार्यक्रम चलाउने जानकारी दिइन । बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईले महिला ¥यालीमा मात्र सीमित भएको तर नेतृत्व तहमा आउन नसकेको भन्दै आप्mनो संस्थाले महिलालाई राजनीतिमा सक्रिय सहभागी गराउन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको स्पष्ट पारिन्। कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेतृहरु नेपाली कांगे्रस कास्कीका जिल्ला सदस्य नम्रता बराल, नेकपा एमाले कास्कीका जिल्ला सदस्य शशिकला बराल, नेकपा माओवादी केन्द्र कास्कीका जिल्ला सदस्य गोमा ढकाल, राप्रपा नेपाल कास्की क्षेत्र नं. २ का क्षेत्रिय सभापति गीता गुरुङ, अखण्ड नेपाल महिला मन्चका केन्द्रीय अध्यक्ष सुनिता कोइरालाले आ–आफ्ना पार्टीको महिला सम्बन्धी अवधारणा राखेका थिए । एक्सन एड नेपालको सहयोगमा भएको कार्यक्रममा कास्कीका काहुँ, भलाम, अर्मलाबाट महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेलले गरेकी थिइन ।  बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीका अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम ब्यवस्थापक मिना पाण्डेले स्वागत, संस्थाकै इन्दिरा पराजुलीले धन्यवाद मन्तब्य र कार्यक्रम संयोजक गणेश खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top