0
गोल्डेन न्यूज संवाददाता
कल्याण शेरचन स्मृति प्रतिष्ठानको पाँचौ बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनले आगामी दुई वर्षका लागि पुनः क्याप्टेन पूर्णबहादुर ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिकांश पुरानै कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् ।  प्रतिष्ठानको उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा श्रीजंग गुरुङ, कोषाध्यक्षमा प्रदिप गौचन र सदस्यहरुमा कमलबहादुर गुरुङ, गजबहादुर गुरुङ, तेजबहादुर केसी, इश्वरी राना, धर्मा गुरुङ, हेमा परियार, अशोक शेरचन, जीवन दाहाल र बुद्धिलक्ष्मी गुरुङ सर्वसम्मत चयन भएका हुन् । कार्यसमितिको नामावली निर्वाचन मण्डलका संयोजक, प्रतिष्ठानका कानुनी सल्लाहकार तथा पोखरा उपमहानगरपालिकाका बरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्माले घोषणा गर्नुभएको थियो । निर्वाचित मण्डलको सदस्यहरुमा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ संचारकर्मी दीपेन्द्र श्रेष्ठ र सल्लाहकार, वरिष्ठ संस्कृतिकर्मी बुद्धिमान दुरा(धम्पु) रहनु भएको थियो । यस अघि साधारणसभा तथा महाधिवेशनको उद्घाटन गर्दै  शिक्षाविद गणेशबहादुर गुरुङले पोखरा लगायत नेपालकै समृद्धिका लागि साँस्कृतिक, शैक्षिक, खेलकुदको क्षेत्रबाट योगदान पुर्याएको भन्दै कल्याण शेरचनलाई स्मरण गरे । पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुरुङले साँचो अर्थमा शेरचन प्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनले योगदान इटा थप्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका संरक्षक चेतन कार्कीले कल्याण शेरचनले सकरात्मक सोंचका साथ समाज र राष्ट्रको समृतिका लागि जुट्नुपर्ने सन्देश दिनुभएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वर्गीय शेरचनको योगदानको स्मरण गर्दै पोखराको उत्थानका लागि विशेष योगदान दिनुभएको बताए । अब ४ नं. प्रदेशलाई अरु प्रदेशहरु भन्दा उत्कृष्ट बनाउन सबै जुट्नुपर्ने मुल्मीको आग्रह थियो । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले कल्याण शेरचन स्मृति प्रतिष्ठानका लागि तमु धिं नेपालले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन । बरिष्ठ लोक दोहोरी गायिका हरीदेवी कोइरालाले  बहुआयामिक व्यक्तित्व कल्याण शेरचनको सपना साकार बनाउन सबै जुट्नुपर्ने बताइन । प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा, संचालन श्रीजंग गुरुङले गर्नुभएको थियो भने निर्वाचन समितिका सदस्य, प्रतिष्ठानका सल्लाहकार दीपेन्द्र श्रेष्ठले लगायतले बलेका थिए । यसअघि बुधवार बिहान कल्याण शेरचनको ७०औं जन्मजयन्तीको अवसरमा घरपरिवारबाट नयाँबजारस्थित ओम शान्ति ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयमा पुजा र भोजनदान, यसरी नै रामघाटस्थित बौद्ध अर्घौ सदन गुम्बामा शेरचनको स्मृतिमा दीप प्रज्वलन गरिएको थियो । 



Post a Comment

 
Top