0
कालिका उच्च मावि रामबजारका कक्षा ११ र १२ का करिब ८० जना विद्यार्थीहरुलाई रक्तदान जीवनदान, जीवनदान महादान भन्ने महान् वाक्यलाई ध्यानाकर्षण गराई प्रशिक्षण दिइएको छ । नेपाल रक्तसंचार केन्द्रको स्थापनाको ५०औं वर्ष पुरा गरेको अवसरमा रक्तदान दिवस पारेर नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी युवा सर्कल १०, ११ को आयोजनामा उक्त प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले ५० वर्ष पूर्व रक्तदान गर्ने मानिस र रगत संकलन गर्ने प्रविधि नेपालमा नभएको स्पष्ट पारे । उनले ६ जना मिली रक्त संचार सेवा संचालन गरेको भन्दै आजको दिनमा हामीहरुको जागरण हाम्रो भावना र भावनात्मक सेवामा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संचारकर्मी दीपेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनले रक्तदान गरेर जीवनदान गरी महादान गर्न सकिने भन्दै  महिलाहरुले हरेक ४÷४ र पुरुषले ३÷३ महिनामा रक्तदान गर्न सकिने बताए । उनले रक्तदान नगरे पनि रगत आफै जाने र नयाँ रगत आउने क्रम जारी रहने हुँदा रक्तदान गरी उक्त खेर जाने रगतलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा सहभागी विद्यार्थीहरुले अब जागरुक भई रक्तदानमा लाग्ने बताएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति एवम् युवा सर्कलका संरक्षक सम्मर बहादुर श्रेष्ठ, उपशाखा १०,११ का महिला लैंगिक तथा समाजसेवी उपसमिति संयोजक नानिमाया गौतम, कालिका उच्च मावि जुनियर रेडक्रस सर्कलका संरक्षक पूर्ण बहादुर गुरुङ्ग, युनाइटेडका उपाध्यक्ष सुकबहादुर गुरुङ्ग लगायतका वक्ताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा युवा सर्कल १०, ११ का सदस्य श्रीकान्त अधिकारी, युवा सर्कलका संयोजक किरण प्रसाद भट्टचन,  महिला लैंगिक तथा समावेशी उपसमितिका सचिव लेकमाया पुनले पनि बोलेका थिए ।











Post a Comment

 
Top