0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शनिबार सम्पन्न दोश्रो राष्ट्रिय केन्पोकाई च्याम्पियनसिप अन्तर्गत खुल्ला तौल समूहमा रुपक नेपालीले स्वर्ण जिलेका छन् । नेपाल केन्पो काई एशोसिएशन नेपालको आयोजनामा पोखरा रगंशालामा भएको फाइनल खेलमा विष्णु नेपाली दोस्रो हुँदै रजत जित्दा विनोद निरौला र अशिम रानामगरले कास्य पदक जिते । त्यस्तै महिला खुल्ला तौल समूहमा मनिता तिलिजा पुनले स्वर्ण पदक हात पारे भने सरिता क्षेत्रीले रजत  प्राप्त गर्दा दिप्सना तामाङ र उर्मिला परियारले कास्य पदक जिते । पुरुष ३० केजी तौल समूहमा प्रशान तामाङले स्वर्ण, मनिष परियारले रजत र मिलन सुनार र दिपेश सुवेदीले कास्य पदक जिते । ३५ केजी तौल समूहमा विवेक राईले स्वर्ण, रविन सुनारले रजत र सरोज अधिकारी र सगम पौडेलले कास्य पदक जिते । ४० केजी तौल समूहमा खगेन पुनले स्वर्ण, विजयले रजत र नविन गौतमले तथा अन्जान विकले कास्य पदक जिते । ४५ केजी तौल समूहमा प्रविन लागुनले स्वर्ण, निशान लामिछानेले रजत, संघर्ष चापागाइँ र विपिन आचार्यले कास्य पदक हात पारे। प्रतियोगिता अन्तर्गत ५० केजी तौल समूहमा सविन सुवेदीले स्वर्ण, सौगात शर्माले रजत, राजु गुरुङ र सुजन केसीले कास्य पदक प्राप्त गरे । ३० केजी तौल समूह महिलामा पुजना सुवेदीले स्वर्ण, निशान सुवेदीले रजत, मनिशा केसी र अर्चना भट्टराईले कास्य पदक प्राप्त गरे । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष एंव ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल केन्पो काई एशोसिएशन नेपालका अध्यक्ष दिलिप विक्रक शाही, क्षेत्रीय सदस्य सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य दिपक तिमिल्सिना, हरिबहादुर खड्का, खेलकुद पत्रकार एकराज गिरी लगायतले मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा पुरुष १०, १२, १४, १६ र २० वर्षमुनि उमेर समूहमा र महिला तर्फ १२, १४ वर्ष मुनिको उमेर समूह र खुल्ला पुरुष तथा महिला खुल्ला उमेर समूह गरि दश तौल समूहमा  प्रतिस्पर्धा गराएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्रका करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Post a Comment

 
Top