0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं.२५ पुम्दीभुम्दीमा तमुवान संयुक्त संघर्ष समिति गठन गरिएको छ । शनिबार आयोजित भेलाले  रामबहादुर तमुको संयोजकत्वमा २८ सदस्यीय तमुवान संयुक्त संघर्ष समिति भुम्दी गठन गरेको बताइन्छ। समितिको सहसंयोजकमा लक्ष्मण तमु, सचिवमा योगेन्द्र तमे, सहसचिवमा राधा तमु, कोषाध्यक्षमा विष्णु तमु र सदस्यहरुमा रामचन्द्र विक, टंग राना, भक्तबहादुर तमु, होमबहादुर तमु, थमन तमु, पञ्चा तमु, मानसिंह तमु, टेकबहादुर तमु, ओमकुमारी तमु, श्याम अधिकारी, टेकबहादुर तमु, मनु नेपाली, लाबहादुर तमु, गंगु तमु, दिलकुमारी भुजेल, दिलबहादुर तमु, राम लक्ष्मी, शान्ति तमु, हर्कबहादुर तमु, डब्बलसिंह, टेकबहादुर तमु, मनबहादुर तमु र टेकबहादुर श्रेष्ठ रहेका छन्। समितिको सल्लाहकारमा सुवेदार मेजर प्रेमबहादुर तमु, नरध्वोज तमु र बेलबहादुर तमु रहेका छन् । संयोजकमा निर्वाचित भएपछि बोल्दै संयोजक रामबहादुर तमुले तमुवान प्राप्ति, पहिचान र अधिकारका लागि गाँउ गाँउबाट उठ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले पहिचान, अधिकार सुनिश्चित र तमुवान स्थापना एवं विभेदरहित समतामुलक समृद्ध समाज निर्माणका लागि आन्दोलित हुन आग्रह गरे । उनले आफ्नै अधिकारका लागि एकतावद्ध भई आन्दोलित हुन आग्रह समेत गरे । गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालका अध्यक्ष सुन्दर तमुले आन्दोलन विना अधिकार प्राप्ति नहुने भएकाले आन्दोलित हुन आग्रह गर्दे पहिचान खोस्ने, अधिकार लुट्ने, समानुपातिक प्रतिनीधित्व हटाउनेहरुलाई आन्दोलनले नै तह लगाउनुपर्नेमा जोड दिए तमुवान संयुक्त संघर्ष समितिका राजनीतिक समितिका सदस्य दीपक तामाङ वाइबाले विभेद रहँदासम्म जनताले क्रान्ति गर्ने चेतावनी दिए ।  तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले तमुवानको ऐतिहासिकता, संघर्ष समितिको माग, तमुवान आन्दोलनको आवाश्यकताको बारेमा चर्चा गरे । भुम्दी मावि व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन दिलकाजी तमुले संघीयताले मुलुक टुक्रिन्छ भन्ने चित्रबहादुर र हिन्दु अधिराज्य, राजतन्त्रको नारा लगाउन कमल थापाहरु उपप्रधानमन्त्री पाउदा चुप बस्दा राजनीतिक दलका नेताहरुलाई विश्वास गर्न नसकिने स्पष्ट पारे । काँग्रेस आवद्ध नेपाल आदिवासी जनजाति संघ कास्की क्षेत्र ४ का सभापति देउकाजी तमुले तमुवानका लागि एकता, अधिकार प्राप्तिका लागि सबै सचेत र शिक्षित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय भक्तबहादुर तमु, सुवेदार मेजर प्रेमबहादुर तमु, क्याप्टेन चेतबहादुर तमुले स्वागत र सुवेदार गमबहादुर तमु लगायतले बोलेका थिए ।




Post a Comment

 
Top