0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लव अफ पोखरामा २०१६÷२०१७ को लागि शिवलाल सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिमा निवर्तमान अध्यक्ष सुजन लामिछाने, इलेक्ट अध्यक्ष सुदिप  गुरुङ, उपाध्यक्षमा रविन्द्र वास्तोला, सचिवमा अनिष पालिखे, सह सचिवमा प्रिति पाण्डे, कोषाध्यक्षमा अनिल खड्का, सर्जेन्ट एट आम्समा रन्जन बस्नेत, सम्पादकमा शान्त लामिछाने, कम्युनिटि सर्भिस निर्देशकमा सविन वराल, प्रोफेसनल विकास निर्देशकमा  अमित सुवेदी, क्लव सर्भिस निर्देशकमा सरजन बराल, अन्तर्राष्ट्रिय सर्भिस निर्देशकमा शान्ति अधिकारी, आइटि अफिसरमा सुवास बराल, अन्तर्राष्ट्रिय क्लव को–अर्डिनेटर सुश्मा कुँवर, सल्लाहकारमा सन्दिपबहादुर कार्की चयन भएका छन् । सदस्यहरुमा राजीव पौडेल, विष्णुप्रसाद तिमिल्सिना, उपेन्द्र अधिकारी, युवराज पौडेल, सुवास खनाल, निरज बानियाँ, शुसिल अर्याल, शोभ गिरी, बिशालजित अधिकारी, आरती डुम्रे, हिमाल श्रेष्ठ, विपना श्रेष्ठ, विश्वदर्शन पराजुली, प्रदिप चाँपागाँई, अशिस पौडेल, र तिलोचन शार्मा रहेका छन् । क्लवको १५ औं पदस्थापना समारोहको शुक्रबार सहित्यकार दुर्गावहादुर शाहले उद्घाटन गर्दै क्लवले सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा गरेका क्रियाकलापको चर्चा गरे । हरेक मानवले असल विचार व्यक्त गरेमा कुनै पनि कार्यक्रम सहज रुपमा गर्न सकिने शाहले भने । सोही अवसरमा युवा पत्रकाररिता पुरस्कारवाट समाधान पत्रिकाका सह सम्पादक श्याम कुँवरलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा क्लवका निवर्तमान अध्यक्ष सुजन लामिछानेले अफ्नो हजुरवा मोहदत लामिछाने र हजुरआमा देवकी लामिछानेको स्मृतिमा रोट्रयाक्ट यूवा पत्रकारिता पुरस्कारको लागि ५० हजार वरावरको अक्षयकोष घोषणा गरे । रोट्रयाक्ट क्लव अफ पोखराका पूर्व अध्यक्ष शोभाकान्त सिग्देलले सम्मानित पत्रकार कुँवरको परिचय गराएका थिए ।  रोट्रयाक्ट क्लव अफ पोखराका २०१५÷२०१६ का अध्यक्ष सुजन लामिछानेको अध्यक्षतामा भएकोका कार्यक्रममा वर्तमान अध्यक्ष शिवलाल सुनार, सम्मानित व्यक्ति श्याम कुँवर, इलेक्ट अध्यक्ष  सुदिप गुरुङ, पुर्व अध्यक्षहरु क्रमश प्राकश देव पालिखे, रामचन्द्र पौडेल, दिपक तिवारी, जेड आर आर संजीव पौडेल, सदस्यहरु क्रमश रविन्द्र वस्ताकोटी, प्रीति पाण्डे, सरजन वराल, अनिल खड्का र भवानी थपाले लगायतले बोलेका थिए ।















Post a Comment

 
Top