0
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले  परिषदले आफ्नो सम्पूर्ण ध्यान १३आंै दक्षिण एशियाली खेलकुदको तयारीका लागि सुरु गरेको बताएका छन । नेपाल खेलकुद पत्रकार मंच कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेपाल ओलोम्पिक कमिटीका समेत महासचिव रहेका टेन्डीले १३औं साग राजधानी केन्द्रित नहुने समेत बताए । पत्रकारहरुको जिज्ञासमा उनले सवै खेलहरु प्रादेशिक राजधानी केन्द्रित रहने र जहाँ जुन खेलको सम्भावना छ त्यहाँ नै उक्त खेल आयोजना गर्न आफूले सुझाव समेत दिइसकेको बताए । उनले राजधानी पछि पोखरा खेलकुललाई अत्यन्तै मायागर्ने शहरको रुपमा पाएको वताउँदै १३औं सागमा पोखरामा महिला फुटबल, ह्याण्डबल, आर्चरी र मार्शल आर्टका सात खेलहरु समेत आयोजना गर्न परिषदले तयारी थालेको समेत बताए । उनले पोखरा दक्षिण एशियामै ट्रायथोलनका लागि उपयुक्त स्थान रहेको कुरामा समेत बताए । नेपाल सरकारले खेलकुदका लागि छुट्टाएको २ अर्व ७६ करोड बजेटलाई पुर्वाधार विकासको काममा खर्चिने जानकारी गराए । उनले एक फरक प्रसंगमा नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसिसीसंग मौखिक छलफल समेत अगाडि बढिसकेको जानकारी दिए । नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकको सभापतित्वमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, मंचका उपाध्यक्ष दिननाथ बराल, सह–सचिव अर्जुन गिरी लगायतले बोलेका थिए ।











Post a Comment

 
Top