0
गोल्डेन न्यूज संवाददाता
नेपाल नर्सिङ संघ कास्कीको कार्यालय भवन निर्माणको लागि पोखराका विभिन्न अस्पतालमा कार्यरत नर्स तथा नर्सिङ पढ्दै गरेका विद्यार्थीहरु शनिवार पोखरा सभागृहमा मञ्चमा उत्रिए । विभिन्न जातजातिको भेषभूषामा उत्रिएका उनीहरुले आफ्नो अतिरिक्त प्रतिभा पनि प्रस्फुटन गरे । उनीहरुको प्रस्तुतिसँगै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुले पनि साथ दिए । पोखराका विभिन्न १० वटा नर्सिङ क्याम्पसका बिद्यार्थीहरुको सास्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा लोकदोरोरी कलाकार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, जीवन दाहाल, प्रीति आले, सरला पाण्डे, काजल गुरुङ तथा आधुनिक तर्फ हेमन्त शर्मा र हास्य कलाकार राजा राजेन्द्रको प्रस्तुति थियो । दुई शोमा सञ्चालन गरिएको कार्यक्रम अबलोकनका लागि दर्शकको उपस्थितिपनि बाक्लै थियो । संघको कार्यालय भवन निर्माणमा सहयोग जुटाउन कार्यक्रमको आयोजना गरिएको हो । सांस्कृतिक कार्यक्रमबाट सहयोग संकलन अभियानको थालनी गरिएको र आगामी दिनमा विभिन्न संघसंस्था एबं ब्यक्तिहरुसँग सहयोगको लागि अपिल गर्ने संघकी सचिव मुना सिलवालले जानकारी दिईन् । संघको पोखरा–११ फूलवारीमा रहेको ४ आना क्षेत्रफल जग्गामा भवन निर्माण गर्न लागिएको हो । आफ्नै जग्गा हँुदा पनि भवन नहँुदा कार्यालय ब्यवस्थापनमा समस्या पर्ने गरेको संघकी अध्यक्ष क्षेत्र रोकाले बताइन् । ‘कार्यालय भवन नहुँदा झोलामा नर्सिङ संघको अफिस बोकेर हिंड्नुपर्ने बाध्यता छ’–उनले भनिन् । २०६१ सालमा खरिद गरिएको जग्गामा भवन निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो । सास्कृतिक कार्यक्रम मार्फत केहि रकम मात्रै जम्मा भएकाले थप रकम संकलनको लागि सहयोग संकलन समितिनै गठन गरी अभियान थालिने संघले जनाएको छ ।



Post a Comment

 
Top