0
गोल्डेन न्यूज संवाददाता
गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न मिस तमुस्यो नेपाल नामक जातीय प्रतियोगीता यस वर्ष पनि हुने भएको छ । देशभरका गुरुङ विद्यार्थीहरुको एक मात्र राष्ट्रियस्तरको संस्था नेपाल तमु विद्यार्धी छोँज धीं कास्कीले सो प्रतियोगीताको पाँचौ संस्करण असोज ८ गते आयोजना गर्दैछ । संस्थाले जातिय भाषा, संस्कार, संस्कृतिबारे नवपुस्तालाई प्रशिक्षित गरुन् भन्ने उद्देश्यले “मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान” भन्ने मुल नारा दिएर “मिस तमुस्यो नेपाल २०७३ ” नामक जातीय सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन । देशका विभिन्न ९ स्थानमा यहि साउन १२ गते देखि पहिलो चरणको अडिसन चरण हुने नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष धनु तमुले जानकारी दिए । साउन १३ गते लम्जुङ्गको बशीशहर, १४ गते धरान, १५ गते काठमाडाँै, १६ गते रुपन्देही बुटवल, १७ गते स्या्जा राम्बाच्छा, १८ गते चितवन, १९ गते नवलपरासी र साउन २२ गते पोखरामा अन्तिम पहिलो चरणको अडिसन हुने उनले बताए । प्रतियोगितामा एस.एल.सी पास गरेका १६ वर्ष देखि २४ वर्ष सम्मका तमु युवातिहरुले सहभागी जनाउन पाउने आयोजकले जनाएको छ । देशभरबाट अडिसन चरणमा छानिएका प्रतियोगीले एक महिना सम्म पोखरामा रहेर विभिन्न विधामा प्रशिक्षण पाउनेछन । एक महिने प्रशिक्षण पश्चत असोज ८ गते पोखरा सभागृहमा मिस तमुस्यो नेपाल २०७३ को घोषणा गरिनेछ । प्रतियोगीतामा मिस तमुस्यो नेपाल २०७३ हुन सफल प्रतियोगीले नगद ५० हजार सहित एक साताको हङकङ्ग यात्राको असवर प्राप्त गर्नेछिन । मिलन फाउण्डेसनका संस्थापक अध्यक्ष मिलन तमुको प्रायोजनमा हङकङ्ग यात्रा गर्न पाउने मिस तमुस्यो नेपाल २०७३ का संयोजक समेत रहेका गुरुङले जानकारी दिए । त्यसैगरी प्रतियोगीतामा उपविजेता एवम फष्ट रनर अपले नगद ३० हजार, र सेकेण्ड रनर अपले २० हजार सहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् ।







Post a Comment

 
Top