0
राष्ट्रिय युवा अभियान लेखनाथ नगर परिषद्को अध्यक्षमा शेरमान तमु चुनिएका छन् । नयाँ शक्ति नेपाल निकट राष्ट्रिय युवा अभियानको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा तमु अध्यक्षमा चयन भएका हुन् । कार्यक्रममा ३३ सदस्यीय राष्ट्रिय युवा अभियान लेखनाथ नगर परिषद् गठन भएको छ । सचिवमा कमल तिलिजा पुन, सह–सचिवमा प्रकाश बसौला, कोषाध्यक्षमा डम्बरजंग तमु, सदस्यमा प्रकाश तमु, कपिल अधिकारी, मिलन कंडेल, आशिष त्रिपाठी, विकाश रानाभाट, अमित परियार, अशिम परियार, पदमराज तमु लगायत सर्वसम्मतले चयन भएका छन् । कार्यक्रममा नयाँ शक्ति नेपालका कास्की जिल्ला संयोजक हेमबहादुर थापा, केन्द्रीय परिषद् सदस्य देवी सुवेदी, जितबहादुर तमु ‘मामा’, रिम बस्याल, महिला शक्ति नेपालकी कास्की जिल्ला संयोजक लक्ष्मी खाती परियार, रामनाथ भट्टराई, किशोर सुवेदी, डा. लक्ष्यबहादुर कुमाल, कमल तिलिजा पुन लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । युवाको प्रतिनिधित्व गर्दै राष्ट्रिय युवा अभियानका सौगात पोखरेलले प्रयोग र ध्वंसको राजनीति होईन, निर्माण र नेतृत्व क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रम लेखनाथ नगर परिषद्का संयोजक नन्द बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य भक्तबहादुर थापाले राखेका थिए भने संचालन केन्द्रीय परिषद् सदस्य नारायणहरि तिवारीले गरेका थिए ।





Post a Comment

 
Top