0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वान अन्तर्गत जोन ३३ को प्रि जोन बैठक सम्पन्न भएको छ । जोन ३३ का जोन चियरपर्सन मिलन थापाको अध्यक्षतामा भएको बैठकमा जोन अन्र्तगत रहेका क्लबहरुको सहभागिता रहेको थियो । बैठकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकी, लायन्स क्लब अफ पोखरा चौतारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा स्टकका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिब र कोषाध्यक्षको सहभागीता रहेको थियो । क्लबका अध्यक्षहरुले आगामी कार्यकालका लागि तय गरेका कार्ययोजनाका खाका प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ पोखरा सेतीगण्डकीका अध्यक्ष सुनयना पालिखेले क्लबले आफ्नो कार्यकालमा गर्ने सम्पूर्ण कार्यक्रमहरु डिष्ट्रिक्टले तोकेको र लायन्स स्कुलिङ्ग कार्यक्रममा संकल्प गरे मुताविक गर्ने प्रतिवद्धता जनाइन । लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष विश्व विजुक्छेले पोखराको पुरानो क्लबको नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा खुसी प्रकट गर्दै लायन्सको छविलाई उच्च बनाउने खालका कार्यक्रम आफ्नो कार्यकालमा गर्ने बताए । उक्त अवसरमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष सुदिप पौडेलले लायन्स क्लबहरु सम्पूर्णरुपमा समाजसेवामा समर्पित हुनपर्नेमा जोड दिंदै कार्यक्रममा हुने अनावश्यक खर्चलाई कटौती गर्नुपर्ने बताए । लायन्स क्लब अफ पोखरा स्टकका अध्यक्ष रमेश बञ्जराले क्लब सञ्चालनका लागि आवश्यक आर्थिक श्रोतहरुको जोहो पनि क्लबहरुले गर्न पर्ने बताए । जोन चियरपर्सन मिलन थापाले बैठकमा उठेका जिज्ञासाको समाधान दिँदै विशुद्ध समाजसेवाका लागि लायन्स क्लब बिश्वभरि अग्रणी स्थानमा रहेको स्मरण गराउँदै लायन्सको मर्म अनुसार समाजको अभाव र आवश्यकतामा साथ दिन जोन अन्तर्गतका क्लबलाई अनुरोध गरेका थिए ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी वानका चिफ एमबेस्डर अफ गर्भनर विश्वेश्वर आचार्य, डिष्ट्रिक्ट एडभाइजर सुचित्रा थापा, एमबेस्डर अफ गर्भनर लायन दुर्गा ढकाल, जिएलटी को–अर्डिनेटर परमेश्वर बराल, रिजन चियरपर्सन कृष्ण अधिकारी, जोन चियर पर्सनहरु थिरबहादुर थापा, यदुनाथ अधिकारी लगायतले बोलेका थिए ।






Post a Comment

 
Top