0
गोल्डेन न्यूज संवाददाता
नेकाली कांग्रेस कास्कीका सभापति कृष्ण के सीले सर्वजानिक जग्गामा बसोबास गरिरहेका भन्दा अरुको लालपूर्जा भएको जमिनमा बसेको सुकुम्बासीको समस्य जटिल भएको बताएका छन्। भूमि अधिकार मञ्च कास्कीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले  मञ्चले आप्mना जायज मागहरु प्रस्तुत गर्दा पुरानो लालपूर्जा खारेजीको कुरा पनि उठाउन सुझाव दिए । वास्तविक सुकुम्बासीको अधिकार दिलाउन नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे ।
यसैगरी ज्ञापन पत्र बुझ्दै नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले सुकुम्बासीले आधारभूत सेवा पाउनुपर्नेमा जोड दिंदै आफू पोखरा उप–महानगरपालिकाको मेयर हुँदा देखिनै पहल गरेको स्पष्ट पारे । उनले भूमिहीन सुकुम्बासीलाई आधारभूत सेवा दिलाउन पहल गर्ने प्रतिवद्धता समेत जनाए ।  नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङले माओवादी पार्टी भूमिहीन, सुकुम्बासी र किसान वर्गका पार्टी रहेकाले सुकुम्वासीहरु को अधिकारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले वडाले कार्यालयहरुले सुकुम्बासी बस्तीमा अति आवश्यक सेवा नदिएकोप्रति आफू जानकार रहेको भन्दै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र पोखरा उप–महानगरपालिकासंग छिट्टै छलफल गर्ने बताए । मञ्चले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्यालयमा पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र मञ्चका मञ्चको सदस्यहरुको सहभागितमा मञ्चका अध्यक्ष आश बहादुर गुरुङले बुझाएका हुन् । ज्ञापन पत्रमा नयाँ संविधानमा भएको भूमि अधिकार सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न, सुकुम्बासीको ब्यवस्थापन गरेर मात्रै प्रस्तावित बसपार्क निर्माण गर्न, नगरपालिकाका वडा प्रदान गर्ने शिफारिसहरु बसिबसाईको आधारमा प्रदान गर्न र विना विकल्प बस्ती उठिबास नगर्न माग गरिएको छ । मञ्चका सहयोगी संस्था बाल तथा महिला सशक्तिकरण समाज नेपाल र सिद्धार्थ क्लब पोखराको उपस्थिति रहेको कार्यक्रममा ज्ञापन पत्र सिद्धार्थ क्लबका कार्यक्रम संयोजक बलराम तिमिल्सिनाले पढेर सुनाएका थिए । पहिले वडा कार्यालयहरुले बिजुली वत्ति, नागरिकता, जन्म दर्ता, खानेपानी जस्ता शिफारिश दिंदै आएपनि पछिल्लो समय लालपूर्जालाई आधार बनाई सिफारिस दिन बन्द गरिएले बसी बसाईको आधार र टोल विकास संस्थाको सिफारिसमा सेवा दिनुपर्ने आफूहरुको माग रहेको मञ्चका सदस्य प्रेम बहादुर गुरुङले बताए ।

Post a Comment

 
Top