0
गोल्डेन न्यूज संवाददाता
सामाजिक क्रियाकलापमा सर्मपित संस्था रोटरी क्लव अफ पोखरा फिस्टेलको अध्यक्षमा नर बहादुर गुरुङ्गले पदभार ग्रहण गरेका छन्। क्लवका २०१५÷१६ का अध्यक्ष तेजबहादुर गुरुङ्गले उनलाई आगामी वर्ष २०१६÷१७ का लागि पदस्थापन गरेका हुन् । पदस्थापन कार्यक्रममा क्लवले हरेक वर्ष प्रदान गर्दै आइरहेको उत्कृष्ट व्यवसायिक अवार्ड ‘भोकसेनल अवार्ड’ सञ्चारकर्मी तथा सौन्दर्यकर्मी मिना गुरुङ्गलाई प्रदान गरेको छ । हङ्गकङ्ग व्युटी इन्स्टिच्युटका सञ्चालक समेत रहेकी गुरुङ्गले दलित, जनजाती तथा विपन्न वर्गका महिलाहरुलाई शिप सिकाएर रोजगारतर्फ उन्मुख गराउँदै आएकी छन । सो अवसरमा क्लवमा आवद्धहरुका छोरा–छारीहरुलाई उनीहरुले विभिन्न शैक्षिक तह उत्तीर्ण गरेका आधारमा सम्मान गरिएको थियो । क्लवमा सर्वोत्कृष्ट कार्य गरे वापत मिना थापालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्व रोट्¥याक्टर डा. नर्मता केसीलाई विधिवत रुपमा क्लवको सदस्यता प्रदान गरिएको थियो। क्लवले ताप्लेजुङ्गको साङ्गसावुमा करिव ४१ लाखको लागतमा विद्यालय निर्माण सम्पन्न गरिसकेको छ । त्यसैगरि पर्वतको हुवासस्थित जनसेवा उच्च माविमा अन्तर्राष्ट्रिय रोटरी क्लव अफ रोभरडेल र हायटनको सहयोगमा करिब ३६ लाखको लागतमा खानेपानी परियोजना समेत सम्पन्न गरिसकेको छ । क्लवले रोटरी क्लव अफ ड्रोनफिल्ड युकेको सहयोगमा करिब ७० लाखको लागतमा २०७१ सालको भूकम्पबाट भत्किएको कास्कीको रुपाकोटको रुपा मावि भवन निर्माण कार्यलाई अगाडि बढाएको छ । त्यसैगरी क्लवले तनहुँको फिरफिरेमा भूकम्पबाट क्षति भएको जनप्रेमी उच्च माविको २ वटा कक्षा कोठा पुनर्निर्माणका लागि २३ लाख प्रदान गरिएको क्लवका २०१५÷१६ अध्यक्ष तेज गुरुङ्गले जानकारी दिए। क्लवले निम्न आय भएका ३० जना महिलाहरुलाई उनीहरुको जीविकोपार्जनका लागि माइक्रो लोनमार्फत २० हजार प्रदान गरेको छ भने गरिब तथा जेहेन्दार क्षात्रवृत्ति कार्यक्रम अन्तर्गत ७० जना विद्यार्थीहरुलाई छात्रवत्ति समेत प्रदान गरेको क्लवका उपाध्यक्ष बावुराम पाठकले बताए। क्लवको पदस्थापन कार्यक्रम सङ्गै भएको रोट्¥याक्ट क्लव अफ पोखरा फिस्टेलको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लवका २०१५÷१६ का अध्यक्ष बालकाशी गुरुङ्गले २०१६÷१७ का अध्यक्ष सुजन गुरुङ्गलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी क्लवका डिजिई रोटरीयन सञ्जय गिरी, एसिस्टेन्ट गभर्नर रोटरीयन हरि सिंह गुरुङ्ग, सम्मानित व्यक्तित्व मिना गुरुङ्ग, रोटरीयन विनोद कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।









Post a Comment

 
Top