0
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीमा आवद्ध  भएको बेल्जियम रेडक्रस फष्टेड भोलिन्टियर लारा र अन्नाले प्राथमिक उपचार तथा सडक दुर्घटना अवलोकनका साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा १०।११ को वार्षिक कार्यक्रमको विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा उपशाखा १०÷११ को तर्फबाट स्वागत गर्दै अन्ना र लारा र सुशिलराज रेग्मीलाई मायाको चिनो स्वरुप टोपी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका सभापति सम्मरबहादुर श्रेष्ठले उपशाखाको वार्षिक गतिविधिमाथि प्रकाश पारेका थिए । उनले यस वर्ष विशेष गरी सडक सुरक्षा सम्बन्धी जेब्राक्रसिङबाट सडक पार गराउन ४० जना भोलिन्टियर परिचालन गरिएको र स्वास्थ्य शिविर संचालन उपशाखा १०÷११ को भवनको तला थप गर्ने बताए । बेल्जियम रेडक्रस प्राथमिक उपचार तथा सडक दुर्घटना भोलिन्टियर (फष्टेड) लारा र अन्नाले नेपालको रेडक्रस र उपशाखा संचालनमा केही फरक रहेको र बेल्जियममा स्वास्थ्य सम्बन्धी सबै काम सरकारले हेर्ने हुँदा आज हामी रेडक्रसले स्वास्थ्य, वातावरण समेतमा चासो राखेको भन्दै यस उपशाखाको माध्यमबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्न पहल गर्ने बताएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रेडक्रस प्राथमिक उपचार तथा सडक दुर्घटना महाशाखाका कार्यक्रम अधिकृत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपनिर्देशक खेमराज सापकोटा, उपशाखा १०÷।११ का यस्कर सदसय भिममाया पौडेल, उपशाखाका विशिष्ट सदस्य लेखबहादुर थापा, जिल्ला शाखा कास्कीका सदस्य एवम् उपशाखा १०।११ का समन्वयकर्ता सूर्य ढकाल लगायतका वक्ताहरुले उपशाखा १०÷११ ले सडक दुर्घटना तथा प्राथमिक उपचार सम्बन्धी हरेक हप्ताको शुक्रबार भोलिन्टियर खटाई जेब्राक्रसिङबाट पैदलयात्रीलाई सडक पार गर्ने कार्य गरेकोमा धन्यवाद दिंदै वार्षिक गतिविधि प्रष्ट भएको बताए । कार्यक्रममा उपशाखा १०।११ को भवनको तला थप कार्यमा उपशाखा १०÷११ का उपसभापति गंगा कुँवरबाट २५ हजार १ सय २५, सह–कोषाध्यक्ष जीवन श्रेष्ठबाट रु.२५ हजार १ सय २५ रुपैयाँ भवन निर्माण कार्यमा सहयोग स्वरुप प्रदान गरेका थिए। उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत, उपशाखा १०÷११ का कोषाध्यक्ष सीता तिमिल्सिना र कार्यक्रम संचालन सचिव सूर्यबहादुर बाँनियाले गरेका थिए ।







Post a Comment

 
Top