0
गोल्डेन न्यूज संवाददाता
धर्मस्थली आमा÷महिला समुहको आयोजना तथा पोखरा उपमहानगरपालिकाको सहयोगमा कुशन बनाउने तथा उद्घोषण तालिम सोमबार देखि सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत ओमराज पौडेलले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह  गरे । उनले आर्थिकरुपमा महिलाहरु सवल बन्न सके मात्र देशमा परिवर्तन आउने बताए। पोखरा उद्योग वाण्ज्यि सघंका सदस्य सीता गुरुङ्गले महिलाहरुले चाहेमा जस्तोसुकै कार्य गर्न सकिने भन्दै महिलाहरुले घरेलु साना उद्योगदेखि ठूल्ठूला उद्योगहरु पनि सञ्चालन गर्न सक्ने स्पष्ट पारिन् ।  रेडियो सफलताकी प्रबन्ध  निर्देशक दुर्गा अधिकारीले आफूहरुले गरेका गतिविधिलाई सञ्चारमा पुर्याउनका लागि आग्रह गरिन् ।  उनले सञ्चारको पहुँच जहाँ हुन्छ त्यहाँ विकास हुने हुँदा संचारका माध्यमबाट विभिन्न विषयको ज्ञान लिन सकिने बताइन । संस्थाका सल्लाहकार भवानी प्रसाद अधिकारी, धारापानी महिला समूहकी अध्यक्ष धना पण्डित, धर्मस्थली पिच उपभोक्ता समितिका अध्यक्ष फणिन्द्रराज पराजुली, शिशु स्याहार केन्द्रका अध्यक्ष तथा धर्मस्थली आमा समूहका संस्थापक सचिव उमा कोइराला, धर्मस्थली टोल विकास संस्थाका अध्यक्ष प्रकाश कोइराला, संस्थापक अध्यक्ष दिलमाया कोइराला लगायतले बोलेका थिए । धर्मस्थली आमा÷ महिला समूहकी अध्यक्ष निर्मला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव सीता कोइरालाले गरेकी थिइन । कुशन बनाउने तालिमको प्रशिक्षक कविता पुन रहेकी छन् भने उद्घोषण कलाको प्रशिक्षण रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी दिने बताइन्छ ।











Post a Comment

 
Top