0
गोल्डेन न्यूज संवाददाता
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, लेखनाथ नगरपालिका शहरी शासन विज्ञ नवराज नेपालीको आइतबार बिदाइ गरिएको छ। २ वर्षदेखि नगरपालिकामा कार्यरत नेपालीले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमहरु हेर्दै आएका थिए। विभिन्न जिल्लाहरूमा रहेर काम गरेका नेपालीले लेखनाथ नगरपालिकामा सामाजिक परिचालन कार्यक्रम अन्तर्गत नागरिक सचेतना केन्द्र र वडा नागरिक मन्चको जीविकोपार्जन सुधार योजना कार्यक्रम, शिप विकासका लागि तालिम तथा कृषि, सामाजिक भवन निर्माण, बाटो निर्माण, रिफ्लेक्ट विधि कक्षा, घर घरमा सोलार जडान जस्ता कार्यक्रमहरूमा संलग्न रहेका थिए। स्थानीयहरू तथा सामाजिक परिचालकहरूलाई उनले परामर्श, सल्लाह तथा सुझाव दिने र उत्प्रेरित गर्ने र समस्याको पहिचान गरि सामाजिक रुपमा छलफलबाट समाधानका उपायहरु खोज्नुपर्छ भन्ने गर्दथे।लेखनाथका विभिन्न समुदायहरूमा बिपन्न वर्गलाई माथि उठाउनका निम्ति आफूले पाएको जिम्मेवारी उनले सामाजिक परिचालन मार्फत पिछडिएका वर्ग तथा समुदायहरूलाई अगाडि बढ्नका निम्ति उर्जा प्रदान गरि आर्थिक, सामाजिक र भौतिक रुपमा माथि उठाउनका निम्ति प्रयासरत देखिएका थिए। आइतबार उनकै सम्मानमा लेखनाथ नगरपालिकामा आयोजना गरिएको बिदाई कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, सामाजिक परिचालन समन्वय समितिका सदस्य ध्रुवनाथ अधिकारी र दिनानाथ ढकाल, सामाजिक परिचालकहरू, वडा सचिब तथा लेखनाथ नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बिदाई कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले नवराज नेपाली विभिन्न समुदायहरुको पथप्रर्दसक रहेको बताए। उनले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, लेखनाथ न.पा शहरी शासन विज्ञ रहेर समग्र लेखनाथको गौरव बढाएकोमा धन्यवाद ब्यक्त गरे।त्यसैगरि कार्यक्रमको समापन गर्दै उनले लेखनाथ नगरपालिका प्रति पुर्याएको योगदानको प्रंसशा गर्दे जहा रहेपनि कार्यसफलताको कामना गरे। विकासका लागि कुरीति, कुसंस्कारलाई त्याग्नुपर्छ भन्ने उनलाई कार्यक्रममा लेखनाथ नगरपालिकामा चौतर्फि बिकासका लागि योगदान पुर्याए वापत टोल विकास संस्था, सामाजिक परिचालक समूह लगायत स्थानीयले खादा र प्रंसशापत्रले सम्मान गरेका थिए। लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक बहादुर भण्डारीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको सन्चालन आ. ले. प. रबिन्द्र अधिकारीले गरेका थिए ।लेखनाथमा अहिले १८ वडामा नागरिक सचेतना केन्द्र अन्तर्गत सामाजिक परिचालन कार्यक्रममा स्थानीयको सक्रियता बढ्दो रहेको छ।

Post a Comment

 
Top