0
गोल्डेन न्यूज संवाददाता
तनहँुको कोत्रेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । ना ५ ख ७८८८ नम्बरको ट्रकको ठक्कर दिदा लमजुङ भुटेनी ७ का ३३ बर्षीय प्रकाश मिश्रको ज्यान गएको हो । ट्रकको ठक्करबाट ग७प ३८७९ नम्बरको मोटरसाईकल चालक सरोज मिश्र घाईते भएका छन् । उनको तनहुँ सेवा अस्पतालमा उपचार भैरहेको छ ।  मोटरसाईकल पछाडि बसेका प्रकाशको घटनास्थलमै ज्यान गएको हो । मेटरसाईकललाई ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई डाडाको नाक प्रहरी चौकी लेखनाथमा राखिएको छ । यता, घाँसीकुवा गाविस–५ लामिडाँडामा ढिस्कोले पुरिएर बुधबार एक बालकको मृत्यु भएको छ । स्थानीय आठ वर्षीय सन्देश भुजेलको दिउँसो लामीडाँडा कुवामा नुहाउने क्रममा कुवामाथिको ढिस्को खसेर घाइते भएकोमा उपचारको लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । कुवामा नुहाउँदै गर्दा कुवा माथिको ढिस्को भत्किएर सन्देशलाई पुरेको थियो । यता, झापाको राजगढमा बुधबार बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ–४ का राजकुमार लिम्बूका ११ वर्षीय छोरा मिलन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको जिप्रका झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।




Post a Comment

 
Top