0
गोल्डेन न्यूज संवाददाता
आन्तरिक राजस्व कार्यालयले आव २०७२÷७३ मा रु पाँच अर्ब ४३ करोड १० लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु पाँच अर्ब दुई करोड २६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा आठ प्रतिशत बढी सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले जानकारी दिए ।अघिल्लो आवमा कार्यालयले रु चार अर्ब ११ करोड १५ लाख पाँच हजार राजस्व सङ्कलन गरेको थियो । सबैभन्दा बढी ४० प्रतिशत अर्थात् रु दुई अर्ब ६८ करोड ५८ लाख ६३ हजार अन्तःशुल्कमा राजस्व सङ्कलन गरेको छ । यस्तै आयकरमा रु एक अर्ब ५६ करोड ८८ लाख २१ हजार, घर बहाल करमा रु १३ करोड ६५ लाख ५६ हजार, ब्याज करमा रु १७ करोड तीन लाख पाँच हजार, मूल्यअभिवृद्धि करमा रु ७९ करोड चार लाख पाँच हजार, स्वास्थ्य सेवा करमा रु पाँच करोड तीन लाख ७३ हजार र शिक्षा सेवाशुल्कमा रु दुई करोड ८७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको कार्यक्षेत्र गण्डकी र धवलागिरि अञ्चलका १० जिल्ला पर्छन् । तनहुँ र बागलुङमा करदाता सेवा कार्यालय स्थापनासमेत गरिएको छ ।



Post a Comment

 
Top