0
पोखराको न्यूरोडमा रहेको लाईफकेयर डाइग्नोष्टिक्स् एण्ड रिसर्च सेन्टर पोखराले पोखराबाट उच्चस्तरीय ल्याब सेवा दिंदै आएको बताइन्छ । गुणस्तरीय प्याथलोजी सेवामा समर्पित नाराका साथ गत बैशाखमा स्थापना भएको रिसर्च सेन्टरले पोखराको मात्रै हैन अन्य क्षेत्रबाट समेत ल्याव सेवा दिन आउने गरेको प्रबन्ध निदेशक शंकर भण्डारीले जानकारी दिए । उनले पोखराको मात्रै नभएर बाग्लुङ, स्याङ्जा, पर्वत, तनँहु, चितवन, धनगढी लगायतका क्षेत्रबाट परीक्षणका लागि आउने गरेको बताए । उनले धनगढीमा सेवा केन्द्र नै राखेर सेवा दिन लागेको जानकारी दिए । यो प्रयोगशालामा हरेक प्रकारका क्यान्सर, युरिक एसिड, एलर्जी, सुगर, थाइराइड, हर्मनहरु, फुलबढी परीक्षण, हिस्टो प्याथोलोजी सम्बन्धी परीक्षण लगाएको परीक्षण हुने भण्डारीले जानकारी दिए । उनले महिलाको पाठेघर सम्बन्धी क्यान्सर र पुरुषको प्रोष्टेड क्यान्सको पनि परीक्षण हुने बताए । उनले भने ४० वर्ष उमेर नाघेका महिला तथा पुरुषले यो परीक्षण गर्नु पर्ने बताए । महिला र पुरुषमा ४० वर्ष पुगे पछि यो परीक्षण गर्दा क्यान्सर लागे–नलागेको थाहा पाउन सकिने बताए । उनले अमेरिकन सिमेन्स कम्पनीको सेन्चर र इटालीको लायजोनका अत्याधुनिक मेसिनबाट परीक्षण गर्ने बताए । पोखराका ८ जना व्यवसायीले करिब २ करोडको लगानीमा यो प्रविधि ल्याएका हुन् । प्रालिमा डाक्टर महिन्द्र भट्ट अध्यक्ष रहेका छन् भने शंकर भण्डारी, डा अमर नागिला, डा.डुकबहादुर क्षेत्री, बासुदेब कोइराला, ज्ञानेन्द्र गौतम, सुरेश भण्डारी र अनुपम विभास सञ्चालक रहेका छन् ।


Post a Comment

 
Top