0
गोल्डेन न्यूज संवाददाता
सांसद बृन्दा रानामगरले पोखरा–१७ स्थित पोखरा बृद्वाश्रमलाई मङ्गलबार ५० हजार एक सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन्।
नेपाली काङ्ग्रेस वडा इकाई समिति पोखरा–१७ ले बृद्वाश्रममा आयोजना गरेको कार्यक्रममा सांसद रानामगरले बृद्वाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई सो रकम हस्तान्तरण गरिन्। निर्माणाधिन पोखरा बृद्वाश्रमको भवनका लागि उनले सो रकम सहयोग गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि बृद्वाश्रमलाई सहयोग गर्दै जाने बताईन्। आफ्नै सन्ततीले दिएको पीडाका कारण बृद्वाश्रममा आश्रित हुनुपर्ने अवस्था निकै कहालीलाग्दो हुनेभन्दै उनले आफ्ना अभिभावकलाई सवैले सम्मान गर्नुपर्ने आवश्यकता औल्याईन्। पोखरा बृद्वाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले आश्रित बृद्वबृद्वालाई बस्न असुविधाभएका कारण नयाँ भवन निर्माण गर्न लागिएको उल्लेख गरे। कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सदस्य नम्रता बराल, नवीन सिग्देल र क्रियाशील सदस्य इन्दिरा भण्डारीले बोलेका थिए। नेपाली काङ्ग्रेस वडा इकाई समिति पोखरा – १७ का सभापति देवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति दिपेन्द्र बरालले स्वागत र सचिव डि.आर भट्टराईले सञ्चालन गरेका थिए। 












Post a Comment

 
Top