0
गोल्डेन न्यूज संवाददाता
कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि.पोखरा–८ सभागृहचोकले आफ्नो पाँचौ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रम अन्तर्गत असार रक्तदान गरौं, जीवन उपहार दिऔं भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा रक्त संचार सेवा पोखराका प्रमुख ध्रुवमणि लामिछानेको विशेष आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको थियो । संस्थाका अध्यक्ष ध्रुव कुँवरको अध्यक्षतामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा रक्त संचार सेवा पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष संगीता गौतम तिमिल्सिना र कार्यक्रमको संचालन शिक्षा उपसमिति संयोजक एवं रक्तदान कार्यक्रम संयोजक राजु भण्डारीले गरेका थिए। त्यसैगरी संस्थाको स्थापना दिवसकै अवसर पारेर असार २५ गते शनिवार लेखनाथ ६ स्थित श्रीकृष्ण प्रणायम बृद्धाश्रममा आश्रित बृद्धबृद्धा बुबाआमाहरुको लागि एकदिनको खाना र लत्ताकपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष धुव कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बृद्धाश्रमको सहयोगको लागि १० हजार रुपैयाँ नगद बृद्धाश्रमका अध्यक्ष कृष्ण ढुङ्गानालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।













Post a Comment

 
Top