0
गोल्डेन न्यूज संवाददाता
 सुरक्षा निकायको सिआईडी भन्दै लुटपाटमा संलग्न एक जना ब्यक्ति पोखराबाट पक्राउ परेका छन् । नेपाली सेना र नेपाल प्रहरीको सिआईडी हुँ भन्दै चेकजाँचको नाममा लुटपाट गर्दै हिंड्ने बसन्त थापालाई कास्की प्रहरीले पक्राउ गरेको हो । रोल्पा, धवाङ–४ घर भएका ३६ बर्षीय थापालाई गत असार १९ गते पोखराको चाउथेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले पोखरा तथा आसपासका ईलाकाहरुमा बिहान तथा साँझको समयमा एकान्त बाटो घाटो, विश्राम स्थल तथा पार्कहरुमा घुमफिर गर्ने मानिसहरुलाई अवस्था अनुसार ‘सि.आई.डि. हुंँ तपाईहरुको शरीर तथा सामानहरु चेकजांच गर्नुपर्यो’ भनि डर त्रास देखाई उनीहरुको साथमा रहेका बिभिन्न प्रकारका मोवाईल सेटहरु जवर्जस्ती लुटने गरेको प्रहरीले जनाएको छ । उनले लुटेका सामानहरु मध्ये विभिन्न मोडेलका १७ थान मोवाईल सेट तथा एउटा साईकल बिक्री गरेको बिभिन्न पसलहरुबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । लुटेको मोवाईल सेट खरिद गर्ने तनहँुं जिल्ला शुक्लागण्डकी ४ का ३० बर्षीय सन्तोष सुनार भन्ने कमल सुनार र सोही नगरपालिका ३ का २३ बर्षीय रमित श्रेष्ठ पनि पक्राउ परेका छन् । तीनै जना बिरुद्ध बिरुद्ध जबर्जस्ती चोरी मुद्धामा जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top