0
गोल्डेन न्यूज संवाददाता
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्वारा स्थापित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ पत्रकार मानबहादुर घर्ती (एमबी आस्था) मगरलाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वितरण गर्दै आएको उक्त पुरस्कार, यसवर्ष एबीसी टेलिभिजनका पश्चिमाञ्चल व्युरो प्रमुख  आस्थालाई प्रदान गर्ने निर्णय फोनिज कास्कीको बुधवार सम्पन्न बैठकले गरेको हो । लामो समयदेखि पत्रकारिता मार्फत आदिवासी जनजाति क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको हो । विगत डेढ दशक अघिदेखि पत्रकारितामा क्रियाशील आस्था विभिन्न संचार माध्यम हुदै एवीसी टेलिभिजनको व्युरो चिफ, तत्कालिन अनिज कास्कीको संस्थापक सचिव, हाल फोनिज कास्कीका सल्लाहकार, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्षको रुपमा क्रियाशील छन्। असार २९ गते तमु धिं नेपालमा आयोजना हुने विशेष कार्यक्रमका विच पुरस्कारका लागि छानिएका आस्थालाई १० हजार रुपैयाँसहित, सम्मानपत्र लगायतले पुरस्कृत गरिने फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । फोनिज कास्कीको बुधवार सम्पन्न सल्लाहकार सहितको बैठकले पत्रकार आस्थालाई छनौट गरेको हो । यसअघि उक्त पुरस्कारबाट पत्रकार रीता गुरुङ, तिलक पुर्जा पुन, हर्क आले, शान्ति गुरुङ पुरस्कृत भईसकेका छन् । कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार गतवर्ष सम्म ५ हजार एक रुपैयाले पुरस्कृत गरिएको थियो भने पुरस्कारदाता तमु धिं नेपालकी अध्यक्ष, वरिष्ठ समाजसेवी कर्म तमुले रकम थप गरेपछि पश्चात १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको हो ।





Post a Comment

 
Top