0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था महिला वडा समन्वय समिति वडा नं.१० को प्रथम साधारणसभा एवं अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै  भूगोलविद् डा.कृष्ण के.सी.ले पार्वती, सिता, मायादेवीको देश, यशोधाको पनि देश भन्ने उदाहरण दिंदै अहिले संसारका महिलाहरु देश हाक्नमा कमी नभएको स्पष्ट पारे । उनले वर पिपलका गेडाको उखान टुक्का सुनाउँदै त्यस गेडाबाट निस्केको विरुवा सबै राम्रा हँुदैनन् र आज वडा महिला समन्वय समितिको निर्वाचन समेत भएकोले राम्रा काम गर्न सक्ने महिला हकहितका लागि अगाडि आउन सक्ने नेतृत्व चयन गरी महिलाको हक र अधिकार सुनिश्चित गर्न सक्ने महिला छान्न आग्रह गरे । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, नेपाली काँग्रेस वडा नं.१० का सभापति कृष्ण बहादुर थापा, एमाले वडा प्रतिनिधि पूर्ण प्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष रामबहादुर थापा, समाजवाद फोरमका कृष्ण बहादुर गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष रमेश थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जयराम आचार्य, वडा नागरिक मञ्चका संयोजक हिमालय बख्रेल, वडा पारालिगल कमिटी वडा नं.१० का अध्यक्ष अनिता तिमिल्सिना, वडा नं.१५ का अध्यक्ष मिना भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उनीहरुले महिला हकहितका लागि महिलाहरु एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा राममन्दिर माछापुच्छे« महिला समूहका अध्यक्ष माया भुजेल गुरुङ्गलाई खादा लगाई सम्मान गरिएको उक्त कार्यक्रममा निमृला कार्की भण्डारीले सचिवको प्रतिवेदन, सीमा गुरुङ्गले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले अनुमोदन भएको थियो । कार्यक्रममा वडा नागरिक मञ्च वडा नं.१० का संयोजक हिमालय बख्रेलको निर्वाचन अधिकृतमा सम्मरबहादुर श्रेष्ठ र सूर्य बानिया सदस्य रहेर निर्वाचन सम्पन्न गराइएको उक्त समितिको अध्यक्ष पदमा निर्मला कार्की भण्डारी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा अञ्जना घिमिरे, सचिवमा सीमा गुरुङ्ग, सहसचिवमा माया गुरुङ्ग भुजेल, कोषाध्यक्षमा सविता श्रेष्ठ रन्जीत र सदस्यहरुमा मैया नेपाली, खगिसरा पहारी, देउमाया गुरुङ्ग, तारा सापकोटा, फूलमाया गुरुङ्ग र सीता बानियाँ लगायत रहेका छन् ।  कार्यक्रम टोल विकास संस्था महिला वडा समन्वय समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोमा रायमाझीले स्वागत र निर्मला कार्की भण्डारीले कार्यक्रमको संचालन गरेकी थिइन ।





Post a Comment

 
Top