0
गोल्डेन न्यूज संवाददाता
मानवीय सेवामा लागि परी समाजसेवाका साथ अन्य गतिविधि संचालन गरी समाज सुधार गर्ने उद्देश्य राखी आजभन्दा २३ वर्ष अगाडि स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले एक कार्यक्रमका साथ बेरोजगार अपाङ्ग युवाहरुलाई अगरबत्ती (धूप) व्यापार व्यवसायमा सहयोग गर्ने भएको छ । नेपाल अपाङ्ग कल्याण संघ रामबजारका अध्यक्ष सन्त बहादुर परियार, संस्थापक उपाध्यक्ष बल बहादुर मिश्र, सदस्य विष्णु नेपाली, सोम बहादुर वि.क. र पार्वती खड्का लगायतका शारीरिक अपाङ्गता भएकाहरुले धुपको व्यापार व्यवसाय संचालन गर्न आर्थिक नभएका कारण बेरोजगार भएको बताएपश्चात निज अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन र सीपमूलक सक्षम उद्योगी निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठले जानकारी पाई निज नेपाल अपाङ्ग कल्याण संघ रामबजारका पदाधिकारीहरुलाई व्यवसायिक बनाउन हाललाई धुप खरिद गरी बजारका घरघरसम्म पुर्याइ बिक्री वितरण गरी आयआर्जन गर्न सोसाइटीका सभापति श्रेठले २ हजार बराबरको धुप खरिद गर्न नगद सहयोग गरेका थिए ।  कल्याणकारी संघ रामबजारमा आवद्ध सदस्यहरुलाई भविष्यमा आवश्यक परे धूप बनाउने तालिम दिई धुप उद्योग संचालन गर्न उपशाखा १०÷११ अगाडि बढ्ने सभापति श्रेष्ठले बताउँदै अपाङ्ग भएका १५ देखि २० जनाको ग्रुप जम्मा गरेमा तालिमको व्यवस्था मिलाइने बताए। कार्यक्रममा उपशाखा १०, ११ का विशिष्ट सदस्य रामबहादुर के.सी., सदस्य श्रीकान्त अधिकारी र चित्रकुमार श्रेष्ठले हातमा हात मिलाई सहयोग गर्ने बताए । उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सूर्य बहादुर बानियाले गरेका थिए ।


Post a Comment

 
Top