0
गोल्डेन न्यूज संवाददाता
चिप्लेढुंगा–सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापनाको पहिलो कार्यक्रम अन्तर्गत  पोखरा उप–महानगरपालि का वडा नँ ४, ८ र ९ स्थित चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई कार्यक्रमबाट संकलित दुई ट्रक फोहोर नगरपालिका र वातावरण सुन्दर नेपालको गाडीले उठाएको थियो । पोखरा उप–महानगरपालिकाले  पोखराको मुख्य बजार क्षेत्र भित्र पोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा बटुवा र त्यस वरपर व्यपार गरेर बस्ने व्यापारीहरुलाई पनि असर परेको हुँदा यो कार्यक्रम गर्नु परेको समितिका अध्यक्ष डिवी भुजेलले जानकारी दिए । सोहि अवसरमा पोखरा सुन्दर छ । सुन्दतालाई बचाई राख्न र फोहोरमैला व्यवस्थापन गर्नका लागि पनि यस्ता कार्यक्रमहरु गर्न जरुरी भएको सचिव मोती भुजेलले बताए । कोषाध्यक्ष लक्ष्मण न्यौपानेको संयोजकत्व एवं चिप्लेढुङ्गा टोलसुधार समिति र बाल क्लबको सहयोगमा सम्पन्न भएको थियो । समितिका अध्यक्ष डिबि भुजेलको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरा उप–महानगरपालिका फोहोर मैला व्यवस्थापन शाखा प्रमुख चुडामणि तिवारीले भाषण भन्दा काम गरेर देखाउन आग्रह गरे । चिप्लेढुंगा–सिद्धार्थ चोक व्यवसायी समिति  र टोलविकास संस्था मिलेर काम गर्दा अझ सहज हुने बताए । समिति स्थापना भएको पहिलो  महिनामै यस्तो राम्रो काम गर्न लागेकोमा धन्यबाद दिंदै समितिसंग सहकार्य गरेर अन्य दिनहरुमा पनि यस्ता काम गर्न नगरपालिका सधै तयार हुने समेत बताए । जथाभावी फोहोर फाल्नेलाई स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिने हुँदा सर्वसाधरण सबैलाई नगरपालिकाको फोहोर उठाउने गाडी आएपछि मात्र फोहोरमैला फाल्न अनुरोध समेत गरे । सरसफाई कार्यक्रममा समितिका सल्लाहकार गणेश छबी र तेजकुमार मल्लको पनि सहभागी भएको संयोजक न्यौपानेले जानकारी दिए ।







Post a Comment

 
Top