0
गोल्डेन न्यूज संवाददाता
बाघमारा बचत तथा ऋण सहकारी संस्था लि. लेखनाथ १७, भरतपोखरीले वातावरण र पर्यावरणीय सन्तुलन कायम गर्नका लागि शनिबार वृक्षारोपण गरेको छ । कार्यक्रममा संस्थाको प्रस्तावित भवन निर्माण स्थल, स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकी, तुलराज स्मृति प्रतिष्ठान परिसरमा विभिन्न जातका बिरुवा रोपिएको संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । उनका अनुसार कपुर, धूपी, समी, राजवृक्ष, अशोका जातका बिरुवा रोपिएको हो । कार्यक्रममा भरतपोखरी साना किसान सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, शिक्षा समिति संयोजक प्रकाश अधिकारी, संस्थाका व्यवस्थापक प्रबन्धक जगन्नाथ लामिछाने, सुरक्षा बचत तथा ऋण सहकारीका उपाध्यक्ष माधवप्रसाद कँडेल, लेखा समिति संयोजक तुलसीमणि अधिकारी, ऋण उपसमिति संयोजक बाबुराम लामिछाने, संस्थाका सल्लाहकार हेमबहादुर थापा पराजुली, नारायणदत्त आचार्य लगायतले सहकारीले सिंगो समुदायप्रति वातावरण जोगाउने अभियानको सुरुवात गरेकोमा प्रशंसा गरे । बृक्षारोपण कार्यक्रमको संयोजन हरिप्रसाद अधिकारीले गरेका थिए । बिरुवा सहयोग पारिजात नर्सरीले गरेको थियो । संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सावित्री तिवारीले स्वागत र सचिव नन्दलाल काफ्ले संचालन गरेका थिए । संस्थाले आव २०७२÷०७३ को वार्षिक समीक्षा कार्यक्रम गर्दै भावी योजना समेत तय गरेको छ । संस्थाले अघिल्लो साता भरतपोखरी बाट गत वर्षको एसएलसी परीक्षामा उत्तीर्ण १ सय ५० जना विद्यार्थीलाई सामूहिक सम्मान गरेको थियो ।








Post a Comment

 
Top