0
गोल्डेन न्यूज संवाददाता
आठ प्रतिस्पर्धीलाई पन्छाउँदै लेकसाईडकी अनुषा थापाले मिस टिन गण्डकीको ताज पहिरिएकी छिन् । दुई महिने प्रशिक्षणपछि पोखराको सभागृह हलको ¥याम्पमा उत्रिएकी थापाले मोष्ट व्युटिफूल, मोष्ट ट्यालेन्टेड, बेष्ट ड्रेससहितको शीर्षक समेत जितिन् । मिस टिन गण्डकीको फष्ट रनर अप एलिसा साई बनिन् । उनले बेष्ट हेयर, मोष्ट पपुलर, मोष्ट क्रियटिभको पुरस्कार समेत हात पारिन् । सेकेण्ड रनर अप भने प्रिया अधिकारी बनिन् । उनले बेष्ट फिगरको टाईटल समेत हत्याईन् । मिना भुजेलले बेष्ट स्कीन, बेष्ट सोसिएबलको टाईटल जितिन् । रागिनी अधिकारीले बेष्ट पर्सनालिटी र दर्शक छनोटको पुरस्कार पाईन् । शैलताज कुवँरले मोष्ट फोटो जेनिक, निम्रिता घिमिरेले बेष्ट वाक, मनिषा हमाल मोष्ट फ्रेण्डली, पवित्रा खड्काले मोष्ट कन्फिडेन्टको टाईटल जिते । ब्रेभ इन्टरटेनमेन्ट प्रालिको दोस्रो संस्करणको रुपमा आयोजित मिस टिन गण्डकीका टाईटल विजेतालाई प्रमुख अतिथि डा. दिलबहादुर क्षत्री, बे्रभ इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दिपकबहादुर केसी, युवा उद्यमी हिमाल खड्का, प्रालिका उपाध्यक्ष विजय क्षत्री लगायत पुरस्कार प्रदान गरेका थिए । मिस टिन गण्डकीको ग्राण्ड फिनालीमा मुख्य निर्णायक विमला भण्डारी, तथा निर्णायकहरु अमित बराल, भुपाल गुरुङ, राकेश श्रेष्ठ, अनिल बस्नेतले भूमिका खेलेका थिए । मिस टिन गण्डकीको लागि मुख्य प्रायोजक ओपेरा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, सह प्रायोजक पानारोमा टुर्स एण्ड ट्राभल्स, प्रायोजकमा दालचिनी फुड जग्सन, एडमार्क टुर्स एण्ड ट्राभल्सले भूमिका खेलेका थिए । पोखरा क्रियटिभ अवार्ड हाउस, क्रियटिभ मिडिया फोर, सेप अप जुम्बा, बोन्जर फिटनेस सेन्टर लगायतले सहयोगी भूमिका खेलेका थिए ।


Post a Comment

 
Top