0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ हेमजा पोखराको आयोजनामा शनिवार पोखरा–२७, हेमजामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बृक्षारोपण कार्यक्रममा राजवृक्ष, कपुर, धुपी, रुद्राक्ष लगायतका १०० वटा बिरुवा रोपिएको थियो । लायन्स क्लव इन्टरनेशनलको नियमित कार्यक्रम अनुसार यस क्लवले प्रत्येक बर्ष बृक्षारोपण कार्यक्रम गर्दै आएको छ । कार्यक्तमको उद्घाटन गर्दै  ओम डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले समाजसेवा गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लव अफ हेमजा पोखराले बृक्षारोपण कार्यक्रमको आयोजना गरी वातावरणीय सन्तुलनका लागि ठूलो योगदान पुर्याएको बताए । उनले बोट बिरुवा रोपेर मात्र उद्देश्य पुरा नहुने बताउँदै रोपिएका बिरुवाको उचित संरक्षण गरी हुर्काउन स्थानीयको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका रिजन चियर पर्सन तेजनारायण पराजुलीले लायन्स अन्तर्राष्ट्रियले वातावरणको खस्किंदो अवस्थालाई ध्यानमा राखी  बृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै क्लवले गरेको बृक्षरोपण कार्यक्रमले वातावरणको जगेर्ना गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा स्थानीय आमा समूहकी अध्यक्ष सरस्वती थापाले हाम्रो क्षेत्रमा आएर बृक्षारोपण गरेकोमा धन्यवाद दिंदै रोपेका बिरुवाहरु जोगाउनमा आमा समूहले सक्दो प्रयास गर्ने प्रविद्धता जनाइन । क्लवका संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन तीर्थबहादुर थापाले क्लवको नियमित कार्यक्रम अन्र्तगत बृक्षारोपण गरिएको यसमा स्थानीयको बृहत्् सहभागिता गराएमा विरुवा संरक्षणमा कर्तब्यवोध बढ्न सक्ने बताए । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष नवराज त्रिपाठीले  स्वागत, क्लवका पूर्वअध्यक्ष तथा डेपुटी ट्रेजरर राजेन्द्रबहादुर सापकोटाले धन्यवादका साथै  कार्यक्रमको औचित्य माथि कार्यक्रम संयोजक मिन बहादुर श्रेष्ठ प्रकाश पारेका थिए । क्लवका सचिव दुर्गा प्रसाद पौडेलले संचालन गरेका थिए । कार्यक्रम धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।







Post a Comment

 
Top