0
गोल्डेन न्यूज संवाददाता
फिर्के–बुलौंदी सफाइ अभियानमा जनलहर बढ्दै गएको छ । पोखरेली समुदायको व्यापक उपस्थितिले अभियान उत्सवमय बन्दै गएको सहभागीले बताए । नवौं श्रृंखलाको सफाइ अभियानमा नेपाल राष्ट्रिय वाणिज्य संघ कास्की, वडा बाल मंच पोखरा–७, नेपाल लेखापढी व्यवसायी एशोसिएसन कास्की, लियो क्लब अफ माछापुच्छे«, महिला समन्वय समिति पोखरा ७, मितेरी नारी समूह बैदाम ६, भवानी आमा समूह पोखरा ८, सिद्धार्थ टोल विकास संस्था पोखरा–५, ड्यामसाइड टोल विकास संस्था पोखरा १७, लायन्स क्लब अफ पोखरा सिटी अरुणोदय युवा क्लब, सैनिक स्काउट टु«प, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल लगायतका संघ–संस्थाहरुद्वारा ऐक्यबद्धता जनाइएको थियो । करिब १७ सय जनाको सहभागितामा बनेको मानव साङ्लोद्वारा १८ टन फोहोरमैला उठाइको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।  सफाइ अभियान सफल पार्न सहभागीलाई वडा बाल मंच पोखरा ७ ले १५ जोर सेफ्टी ग्लोव, लेखापढी व्यवसायी एशोसिएसन कास्कीले ७ डोको, नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघले प्राथमिक उपचारका सामग्री, राष्ट्रिय सम्पदा संरक्षण समितिका आजीवन सदस्य युवराज गौतमले ५० जोर सेफ्टी ग्लोव, मुक्तिनाथ विकास बैकले हात धुने साबुनपानी, भवानी आमा समूह पाोखरा ८ ले पिउनेपानी, जिल्ला विकास समिति कास्कीले आलमुनियमको भ¥याङ र ५० जोर सेफ्टी ग्लोव उपलब्ध गराएका थिए । उपस्थित सहभागीलाई प्रजिअ हरिप्रसाद मैनालीले सपथ ग्रहण गराएका थिए भने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । १० औं हप्ताको सफाइ अभियान बगालेटोल सँगैको फिर्के पुलबाट हुनेछ ।  यसैगरी फिर्के–वुलौँदी खोला वृहत सरसफाई अभियानमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन कास्कीले पनि सहभागिता जनायो । नवौँ हप्ताको शनिवार सिद्धाचोकदेखि १ सय ५० मिटर पश्चिमको क्षेत्रमा सरसफाई गरिएको थियो । एशोसिएशनका अध्यक्ष अम्वरवहादुर कार्की (अनिल) को नेतृत्वमा नेपाल लेखापढी कानून व्यवसायीको एउटै रहर, पूर्ण सरसफाई युक्त हाम्रो शहर भन्ने नाराका साथ करिब ३५ जना  लेखापढी व्यवसायीको सफाई कार्यक्रममा सहभागी थिए । दिनदिनै प्रदुशित हुँदै गएको फिर्के खोलालाई सफा र सुन्दर बनाउन सुरु गरिएको अभियानबाट फिर्केको संरक्षण हुने र पोखरालाई स्वच्छ शहरको रुपमा चिनाउन सहयोग पुग्ने यस कार्यक्रममा सहभागिता जनाएको अध्यक्ष कार्कीको भनाई छ । सो अवसरमा ५० थान पञ्जा र १० थान डोको फिर्के–बुलौँदी नागरिक सरोकार समितिका संयोजक रामबहादुर पौडेललाई हस्तान्तरण गरेको एशोसिएशनका सहसचिव डिल्लीरमण पौडेलले जानकारी दिए ।




Post a Comment

 
Top