0
गोल्डेन न्यूज संवाददाता
प्रेस सेन्टर नेपाल कास्कीको शुक्रबार पोखरामा हुने एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनको प्रचार–प्रसार स्वरुप सेन्टरले बुधबार पोखराका विभिन्न सञ्चारमाध्यम भ्रमण गरेको छ । अधिवेशन आयोजक समिति संयोजक दीपक परियार नेतृत्वको टोली रेडियो अन्नपूर्ण, कास्की आवाज दैनिक, रेडियो तरंग, रेडियो सारंगी, पोखरा एफएम, रेडियो सराङ्कोट, गोल्डेन न्यूज दैनिक, सुनौलो एफएम र विग एफएम पुगेको हो । टोलीमा प्रेस सेन्टरका केन्द्रीय सदस्य रुद्र श्रीस, विभु भुषाल, रामचन्द्र राई, सन्देश श्रेष्ठ, सुशीला क्षेत्री, उमा आलेको सहभागिता थियो । टोलीले ती संचारमाध्यमका पत्रकारसँग परिचयात्मक कार्यक्रम, अधिवेशनको निमन्त्रणा र सदस्यता विस्तार ग¥यो । प्रेस सेन्टर यसअघि नै रेडियो सफलता र थ्रि एन्जल्स रेडियो पुगेर संगठन विस्तार गरेको थियो । मिडिया भेटघाटलाई बिहीबार पनि जारी राख्ने प्रेस सेन्टर कास्कीले जनाएको छ । अधिवेशनकै प्रचार–प्रसार स्वरुप बिहीबार सेन्टरले मोटरसाइकल ¥याली गर्ने भएको छ । उक्त ¥याली चिप्लेढुंगा मानवअधिकार चोकबाट विहान ८ बजे सुरु हुने संयोजक परियारले जानकारी दिए । मानवअधिकार चोकबाट सुरु हुने ¥याली न्यूरोड, सभागृहचोक, सृजनाचोक, राष्ट्र बैंकचोक, नेपाल पत्रकार महासंघको कार्यालय, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, गैह्रापाटन हुँदै पुन मानवअधिकार चोकमा टुंगिने छ । प्रेस सेन्टर कास्कीले उक्त ¥यालीमा सहभागी हुन कास्कीका पत्रकारलाई आह्वान गरेको छ । बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) कि प्रवक्ता पम्फा भुषालले गर्ने तय भएको छ ।













Post a Comment

 
Top