0
गोल्डेन न्यूज संवाददाता
मुक्तक विधामा नयाँ नयाँ प्रयोग भित्र्याउने साहित्यकार तीर्थराज अधिकारी सचित्र मुक्तकसङ्ग्रह बिरिमफूल लिएर आएका छन् । उनको तेस्रो मुक्त कृतिका रुपमा उक्त कृति प्रकाशन भएको हो । अधिकारीका जूनकीरी (कविता सङ्ग्रह–२०५३), ऐना (कविता सङ्ग्रह–२०५७), तीन लय तेह्र गीत (गीति सङ्ग्रह–२०६०), झटारो (मुक्तक सङ्ग्रह–२०७०), यो कस्को हात हो ? (कविता सङ्ग्रह–२०७०), लमजुङको सम्झना भीसीडी (२०७१), व्ज्ब्त्ब्च्इ अङ्ग्रेजी संस्करण (मुक्तक सङ्ग्रह–२०७२) यस अगाडि प्रकाशन भइसकेका कृति हुन्। कृतिको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले लोकार्पण गरे। प्रमुख अतिथि डा. कार्कीले अधिकारीको प्रस्तुत कृतिका मुक्तक लेखनको यात्रामा कोसेढुङ्गा सावित हुने दावी गरे। अर्का वक्ता अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले अधिकारीका मुक्तक अङ्ग्रेजीमा रुपान्तरण भएर विश्वव्यापी भइसकेको बेला पुनः सचित्र मुक्तक प्रकाशन गरेर अर्को नविनता थपिएको छ। स्रष्टा अधिकारीले फुर्सदको समयमा लेखिएका सिर्जनालाई सङ्गृहीत गरेर पाठकका माझमा ल्याएको बताए।








Post a Comment

 
Top