0

पोखरा १९ असार ।पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले आयोजना गरेको तेस्रो मिस कल्चर नेपाल २०१६ को ट्यालेन्ट राउण्ड शनिबार सम्पन्न भयो।  ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले नृत्य, गायन र आफ्नो हस्तकलाको प्रदर्शन गरेका थिए । १५ जना प्रतियोगीहरू मिस कल्चर बन्ने दौडमा छन् ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. यलियामा जोनले नेपालको शैक्षिक क्षेत्रमा पहिले भन्दा धेरै विकास भएको र अझै परिवर्तनको खाँचो रहेको बताइन । आफू पोखरामा ५२ वर्ष अघि आउँदा एसएलसी उत्तीर्ण गर्ने १३ जना मध्ये १ जनामात्र महिला भएको प्रसङ्ग उल्लेख गर्दै उनले वर्तमान समयमा महिलाहरु सबै क्षेत्रमा क्रियाशिल रहेको र माथिल्लो तहमा पुग्न सकेको भन्दै खुशी प्रकट गरिन् । उनले मिस कल्चरले समाजमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने भएकाले कार्यक्रममको निरन्तरता दिन आग्रह गरिन् ।
 कार्यक्रममा राससका वोर्ड सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व उपसभापति गंगाधर पराजुलीले शैक्षिक सफलतासंगै अन्य क्षेत्रमा दक्षता र क्षमता भएमा छिट्टै आत्मनिर्भर बन्न सकिने भएकाले युवाहरुले शिप र दक्षता अभिवृद्धिमा ध्यान पु¥याउन पर्नेमा जोड दिए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी अध्यक्ष पम्फा पहारीले महिलाहरुको बाहिरी सुन्दरतासंगै प्रतिभा र ज्ञान अभिवृद्धि गर्न मिस कल्चर जस्ता कार्यक्रम उपयोगी हुने बताइन।कार्यक्रमको मुख्य प्रायोजक संजिता फिल्म प्रालिको दोस्रो प्रस्तुत अन्तर्गत बजारमा आउन लागेको ‘चर्खा’ फिल्मका निर्माता एवम् निर्देशक धर्मराज बर्तौलाले मिस कल्चरले हाम्रो समाजमा लोप उन्मुख हुन लागेका मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने बताए ।
ट्यालेन्ट राउण्डको निर्णयकमा समित केसी, हिरा भण्डारी, माया पुन, लक्ष्मण छन्त्याल र निरुता गुरुङ रहेका थिए भने कार्यक्रमको संचालन पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका व्यवस्थापक दिनेश शर्मा थिए । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका प्रमुख शोभा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चेरिष्मा इम्पोरियमकी संचालिका सीता बराल, न्यू मुनलाईट ग्लास हाउसका संचालिका मञ्जु गौतम, सानिमा बुटिकका संचालिका पूजा सिलवाल घिमिरेका साथै पोखरामा कृयाशिल इभेन्ट अर्गनाइजरहरू साथै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्र, जिल्ला र विभिन्न इकाइका सौन्दर्यकर्मीहरू सहभागी थिए । कार्यक्रमको फाइनल साउन १ गते पोखरा सभागृहमा हुनेछ /



Post a Comment

 
Top