0
गोल्डेन न्यूज संवाददाता
प्रथा मल्टिप्रपोजले पोखरा बाच्छेबडुवा स्थित बात्स्यायन बृद्धाश्रममा खानेपानीको पाइप बिस्तारका लागि १ लाख १ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम संस्थाका संरक्षक नारायण गुरुङ्गले एक कार्यक्रमका बीच बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्। मल्टिप्रपोजले हरेक बर्ष बिद्यालय पढ्ने १२ बर्ष सम्मका बालबालिकाहरुको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिबृद्धिका लागि आयोजना गर्ने लिटिल च्याम्प कार्यक्रमबाट बचेको रकम सामाजिक संस्थालाई प्रदान गर्ने गरेको छ । यसै सन्दर्भमा यसपटक बृद्धाश्रमका लागि खानेपानी बिस्तारका १ हजार ५ सय मिटर पाइपका लागि आवश्यक  रकम सहयोग गरेको संस्थाका प्रबन्ध निर्देशक शारदा गुरुङ्गले बताए । संस्थाका संरक्षक नारायण गुरुङ्गले आफूले कमाएको रकमले परिवारको आवश्यकता त पुरा होला तर कमाएको केही हिस्सा सामाजिक कार्यका लागि खर्च गरे पुण्य संगै आत्सन्तुष्टि प्राप्त हुने हुँदा बार्षिक रुपमा रकम अत्यावश्यक परेका सामाजिक संस्थामा सहयोग गरेको बताए। कार्यक्रमबाट बचेको रकमबाट लेखनाथ लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा खानेपानीको पाइप तथा सोलार बत्ती, आँकुरा भिलेजमा बाख्रा तथा ढिकालेथर स्थित सरस्वती प्राविमा डेस्क बेञ्च र स्टेशनरी बितरण गरिसकेको संस्थाका अर्का संरक्षक शिवराज देवकोटाले बताए । यो पटक कार्यक्रम अगावै सहयोग गरिएको संस्थाका सदस्य बिष्णुलाल श्रेष्ठले बताए । उनले बृद्धाश्रममा तत्कालै आवश्यक भएको थाहा पाएपछि कार्यक्रम पछि गरिने सहयोग अगावै गरिएको बताए ।












Post a Comment

 
Top