0
पोखरा, १८ असार । 
नयाँ शक्ति नेपाल निकट नेपाल उद्योग तथा पर्यटन महासंघ प्रदेश नं. ४ को संयोजकमा हरिराज पन्त चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भेलाले पन्तको संयोजकत्वमा समिति चयन गरेको हो । संयोजक पन्त अधिकृत विक्रेता संघ कास्कीका वरिष्ठ उपाध्यक्ष समेत हुन् । समितिका सदस्यहरुमा गिरधारी शर्मा, मनोज श्रेष्ठ, सुमन गुप्ता, शंकर पन्त, गोविन्दप्रसाद न्यौपाने, बालहरि शर्मा सुवेदी, पुष्प भण्डारी, शंकर कार्की, मनोज बस्याल, शिवप्रसाद अर्याल, कुलदिप सुवेदी, सोमप्रसाद घिमिरे, बालकृष्ण बस्याल, सन्दिप सिग्देल, डोलराज विष्ट छन् ।
त्यसैगरी म्याग्दीबाट ईन्द्रबहादुर मगर र अशोक पौडेल, तनहुँबाट देउ नारायण श्रेष्ठ र तिलक अधिकारी, स्याङजाबाट ख्याम नारायण ढकाल र सुरेन्द्र पौडेल, नवलपरासीबाट तालप्रसाद बराल, राजकुमार श्रेष्ठ, कृष्ण गौतम र रमेश अधिकारी, गोर्खाबाट नारायण खत्री र गोवर्धन श्रेष्ठ, मुस्ताङबाट कृष्णमोहन नेपाली र दीर्घ सिंह लालचन सदस्य चयन भए । अन्य सदस्यहरुमा राजेन्द्र शर्मा, हरि केसी, ईश्वर सापकोटा, कमल देवकोटा, विष्णु पुरी, महेश्वरप्रसाद शर्मा, रेवती थापा, कर्ण गुरुङ र मदन बस्याल छन् ।
घोषणा सभामा अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सम्पन्न भएको छ । अन्तरक्रियामा नयाँ शक्ति पार्टीका आर्थिक व्यवस्थापन तथा सुशासन विभाग प्रमुख रामेश्व खनाल, संसदीय मामिला विभाग प्रमुख केशव दाहाल र युवा विभाग प्रमुख देवेन्द्र पराजुली सहभागी भएका थिए । कार्यक्रमको विश्लेषण नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गरेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार सञ्जय मल्लले गरेका थिए ।

Post a Comment

 
Top