0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लव अफ लेखनाथको सातौं र रोट¥याक्ट क्लव अफ लेखनाथको छैटौं संयुक्त पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ। रोटरी क्लव अफ लेखनाथ बर्ष २०१५÷१६का अध्यक्ष माधव भण्डरीले बर्ष २०१६÷१७ का अध्यक्ष ईबिन्द्र तिवारीलाई पद हस्तान्त्रण गरेका थिए भने  रोट¥याक्ट क्लव अफ लेखनाथ २०१५÷१६का अध्यक्ष संन्दिप ढुगानाले २०१६÷१७ का अध्यक्ष नवराज पौडेललाई पद हस्तान्त्रण गरेका थिए। कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्यका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले रोटरी र रोट्याक्टले सामाजीक क्षेत्रको विकासका लागि अग्रेणी भुमिका निभाउँदै सामाजिक जनचेतना फैलाउने अभियानमा लाग्नका लागि आग्रह गरेका थिए। उनले यस सस्थाले गरेको हरेक कार्यक्रममा सबै लेखनाथवासीले सहयोग गर्दै आएको र अब पनि सबको सहयोग पाउने जानकारी दिए । कार्यक्रममा रोटरीका असिसिस्टेन गर्भनल विजयालक्ष्मी कोईरालाले रोटरीले अन्तर्राष्ट्रिय क्षेत्रमा देखाएको सामाजीक अभियानलाई नेपालको ग्रामिण तहसम्म पु¥याउनुपर्नेमा जोड दिइन । रोटरी क्लव अफ लेखनाथका अध्यक्ष ईविन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उमेश आचार्य, रोट¥याक्ट क्लव अफ लेखनाथका पुर्व अध्यक्ष रोशन अधिकारी,आनन्द ज्योती उच्च माविका प्रधानाध्यापक सुक्रराज अधिकारी,सदस्य वद्रि पौडेल, प्रेम सुवेदी लगायतले रोटरीले अगाडि सारेका विकास निर्माण र सामाजिक क्षेत्रमा गरेका कामका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । रोटरी क्लव अफ लेखनाथका सचिव विष्णु गौतम र विश्वमणि भण्डारीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पुर्व अध्यक्ष राजेश भटराई र धन्यवाद ज्ञापन पूर्व अध्यक्ष विश्व कर्माचार्यले गरेका थिए। कार्यक्रममा  रोटरी वर्ष २०१५÷१६ का उत्कृष्ट रोटरीयन विश्व कर्माचार्य र रोट¥याक्ट क्लव अफ लेखनाथ २०१५÷१६ का उत्कृष्ट रोट्रयाक्टर चिरञ्जिवी न्यौपाने, सवैभन्दा धेरै कार्यक्रममा सहभागिता भए वापन रमेशराज अधिकारी, उत्कृष्ट नयाँ सदस्य वाट प्रदिप आचार्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा वर्ष २०१६।१७ का अध्यक्ष नवराज पौेडेलको संक्षिप्त जानकारी सन्दिप पौेडेलले गरेका थिए भने रोटरी क्लव लेखनाथका वर्ष २०१६।१७ का अध्यक्ष इविन्द्र तिवारीको वारेमा मिलन तिवारीले गरेका थिए ।






Post a Comment

 
Top