0
गोल्डेन न्यूज संवाददाता
सम्पदा कला मन्दिर नेपालको आयोजनामा पंचरत्न श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७३ को तिथि तय भएको छ । संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले आगामी भदौ ११ गते पोखरामा उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा कला, संगीत र साहित्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने नेपालका जुनसुकै ठाउँका स्रष्टालाई सम्पदा स्रष्टा सम्मानबाट सम्मानित गरिनेछ । स्रष्टा छनोटका लागि संस्थाका संरक्षक क्षेत्रबहादुर कुँवर संयोजक रहेको स्रष्टा छनोट समिति गठन गरिएको छ । जसमा सल्लाहकार तोयनाथ लामिछाने र संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवर सदस्य छन् । बैठकमा सल्लाहकार प्राडा यमबहादुर क्षेत्रीले संस्थाले आयोजना गर्दै आएको कार्यक्रमले यस क्षेत्रमा छुट्टै पहिचान बोकेको बताए । अर्का सल्लाहकार डा. शुक्रराज अधिकारीले कार्यक्रम निरन्तरताका साथ अक्षयकोषलाई बलियो बनाउँदै जानुपर्ने बताए । सल्लाहकार तोयनाथ लामिछानेले विगतदेखि संस्थाले धेरै जनालाई सामूहिक सम्मान गर्दै आएकोमा आगामी दिनमा अझै विविध विधामा सम्मान गर्दै जानुपर्ने सुझाव दिए । बैठकमा महासचिव विजय नेपाल, कोषाध्यक्ष तिर्सना गुरुङ, सदस्य विजया सुवेदी, पार्वती ढुंगाना, कमला खड्का, सविना क्षेत्री, जूना क्षेत्रीले पनि मन्तव्य व्यक्त गरेका थिए ।स्रष्टाहरुको उत्थान तथा सम्मानका लागि एकमात्र मन्दिर–सम्पदा कला मन्दिर” मूलमन्त्रका साथ २०६५ सालमा उक्त संस्थाको स्थापना भएको हो । संस्थाले यसअघि २०६५ सालमा १५ जनालाई एकै थलोमा स्रष्टा सम्मान, २०६६ मा १७ जनालाई स्रष्टा सम्मान साँझ, २०६७ मा पंचामृत स्रष्टा सम्मान साँझ, २०७० मा चार किल्ला स्रष्टा सम्मान साँझ तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Post a Comment

 
Top